एजेन्सी । इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डेमिर्स्पोरमा अनुबन्धित भएका छन् ।
३० वरिय फरवार्ड बालोटेलीले टर्कीको शीर्ष डिभिजन क्लब डेमिर्स्पोरसँग सम्झौता गरेका छन् ।
बालोटेलीले यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको क्लबसँग तीन वर्षको सम्झौता गरेका छन् ।
गत सिजन बालोटेलीले सिरी 'बी' क्लब मोन्जाबाट खेलेका थिए । उनले १९ खेलमा ५ ग्ल गरेका थिए ।
इंग्लिश क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व स्ट्राइकर समेत रहेका बालोटेलीको यो करियरको दशौँ क्लब हुनेछ।
इटालीका पूर्व स्ट्राइकरले राष्ट्रको लागि ३६ खेलमा १० गोल गरेका छन् ।