एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर माटियो गेन्दुजी फ्रेन्च क्लब ओलम्पिक डी मार्सेलीमा अनुबन्धित भएका छन् ।
फ्रान्सका मिडफिल्डर माटियोलाई मार्सेलीले लोनमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डर एक सिजनको लागि लोनमा मार्सेली गएका हुन् ।
तर, आर्सनलले स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि मार्सेलीलाई बिकल्प समेत दिएको छ ।
माटियो सन् २०१८ मा लोरेन्टबाट आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले ८२ खेल खेलेका छन् ।
गत सिजन उनले जर्मन क्लब हेर्था बर्लिनबाट खेलेका थिए ।
जहाँ उनले २४ खेलमा २ गोल गरेका थिए ।
