एजेन्सी । इंग्लिस क्लब लिड्स युनाईटेडले डिफेन्डर जुनियर फिर्पोलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लब लिड्सले स्पेनिस क्लब बार्सिलोनाबाट युवा डिफेन्डरलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय सेन्टर ब्याकलाई १२.८ मिलियन पाउण्डमा लिड्सले अनुबन्ध गरेको बताईएको छ ।
फिर्पोले लिड्ससँग चार वर्षको सम्झौता गरेका छन् । उनी २०२५ सम्म लिड्समा रहने छन् ।
स्पेनको उमेर समूहबाट खेलिसकेका फिर्पोले बार्सिलोनाका ४१ खेलमा २ गोल गरेका थिए ।
रियल बेटिसबाट २०१९ मा बार्सिलोना आएका उनले गत सिजन ७ ला लिगा खेलमा १ गोल गरेका थिए ।
बार्सिलोनामा दुई सिजन बिताउँदा उनले कोपा डेल रेको उपाधि जितेका थिए ।
