एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
ला लिगा च्याम्पियन एट्लेटिकोले सन् २०२१/२२ को सिजनका लागि होम, अवे र तेस्रो जर्सी सार्वजनिक गरेको हो ।
च्याम्पियन एट्लेटिकोले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा फरक बनाईएको छ । एट्लेटिकोको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई केहि फरक बनाईएको हो ।
एट्लेटिकोको नयाँ जर्सी नाइकी कम्पनीले बनाएको हो ।
एट्लेटिकोले नयाँ जर्सी बजारमा बिक्री सुरु भएको समेत जनाएको छ ।



