एजेन्सी । रोबर्टो मार्टिनेज बेल्जियममै बस्ने भएका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मार्टिनेज विश्वकप २०२२ सम्म बेल्जियममै बस्ने भएका हुन् ।
बेल्जियमको स्वर्णिम पुस्ता मानिएको राष्ट्रिय टिम पुन एक पटक ठुलो प्रतियोगिता जित्न असफल बनेको छ । बेल्जियम सन् २०२० को युरोकपको क्वार्टरफाईनलबाटै पराजित बनेको छ ।
स्टार खेलाडीले भरिएको बेल्जियमले युरोपेली महादेशको सबैभन्दा ठुलो प्रतियोगिता जित्न असफल रह्यो । अघिल्लो पटक विश्वकप र युरोमा समेत बेल्जियमले सोही अवस्था ब्यहोरेको थियो ।
क्वार्टरफाईनलको खेलमा बेल्जियम ईटालीसंग २–१ ले पराजित बन्यो । प्रतियोगिताबाट बाहिरिएसंगै बेल्जियमको भविष्यमाथि प्रश्न उठेको छ ।
मार्टिनेज विभिन्न क्लबको जिम्मेवारीसंग जोडिएका छन् । बेल्जियमका प्रमुख कार्यकारी अधिकृत पिटर बोसार्टले विगान र एभर्टनका पूर्व प्रशिक्षक टिममै रहने विश्वास ब्यक्त गर्छन् ।

‘हामीले आज सेप्टेम्बर र अक्टोबरको खेलको तयारी थालेका छौं । मािर्टनेज त्यहाँ हुनेछन् । कुनै आधिकारिक जानकारी हुने छैन । तर कर्मचारी परिवर्तनको कुनै कारण छैन ।’ उनले भनेका छन् ।
सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि छनोटको सुरुवात भईसकेको छ । बेल्जियमले सुरुवाती तीन खेलबाट ७ अंक बटुलेको छ ।
बेल्जियम विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा छनोट हुने बाटोमा अग्रसर छन् । रोमेलु लुकाकु, इडेन हजार्ड र केभिन डी ब्रुएन चाँडै फर्कने विश्वास छ ।
बोसार्टले थपेका छन्, ‘उनले राजीनामा दिने विषयमा हामीले कुनै सोच बनाएका छैनौं । उनीसंग हाम्रा कुनै समस्या छैन । कुनै वास्तविक मुल्याङ्गकन हुने छैन । कुनैपनि सफल व्यवसाय जस्तै हामीसंग स्थायी मुल्याङ्गकनको संस्कृति रहेको छ ।’
मार्टिनेजले सन् २०२० को मेमा बेल्जियमसंग सम्झौता नविकरण गरेका थिए । उनले सन् २०२२ को विश्वकपसम्म टिम हेर्ने जिम्मेवारी पाएका छन् ।