काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले युवा मिडफिल्डर श्यान्सु भुसाललाई अनुबन्धित गरेको छ ।
सातदोबाटोले आगामी 'ए' डिभिजन लिगका लागि मिडफिल्डर श्यान्सुलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग असोज ३ बाट सुरु हुनेछ ।
कतारको अल वाक्रह यू-२३ टिमबाट खेल्दै आएका श्यान्सु पहिलो पटक 'ए' लिग खेल्न लागेका हुन् ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परिसकेका श्यान्सुले नेपाल सुपर लिग फुटबल चितवन एफसीबाट खेलेका थिए ।
श्यान्सुसँगै सातदोबाटोले पासाङ लामा, राजन पुन र करण रावतलाई समेत अनुबन्ध गरेको छ ।
यस अघि सातदोबाटोले नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्ध गरिसकेको छ ।
सातदोबाटो पहिलो पटक 'ए' लिग खेल्न लागेको हो । सहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि जित्दै सातदोबाटो शीर्ष लिगमा उक्लिएको हो ।
यो पनि .. सातदोबाटोको ‘ए’ डिभिजन यात्रा
