बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला फुटबलरलाई रकम हस्तान्तरण

शुक्रबार, ११ असार २०७८खेलपाटी संवाददाता
महिला फुटबलरलाई रकम हस्तान्तरण

खेलाडी रकम हस्तान्तरण गर्दै एन्फा कार्य समिति सदस्य रुपेश अधिकारीका प्रतिनिधि । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य रुपेश अधिकारीले फ्रेन्चाईज फुटबल क्लब चितवन एफसीबाट प्राप्त पारिश्रमिक खेलाडीलाई हस्तान्तरण गरेका छन् ।

फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा चितवन एफसीको म्यानेजर बनेका अधिकारीले क्लबबाट प्राप्त पारिश्रमिक चोटका कारण मैदान बाहिर रहेका तीन महिला फुटबलरलाई हस्तान्तरण गरेका हुन् ।

उनले क्लबबाट प्राप्त हुने सम्पुर्ण पारिश्रमिक राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी, हिरा भुजेल र समिक्षा घिमिरेलाई दिने घोषणा गरेका थिए ।

प्रतिबद्धता अनुसार अधिकारीले प्राप्त रकम काठमाडौंमा रहेका खेलाडीलाई शुक्रबार हस्तान्तरण गरे । अधिकारी भने अहिले उपत्यका बाहिर रहेका छन् । उनले आफ्ना प्रतिनिधिमार्फत खेलाडीलाई रकम उपलब्ध गराएका हुन् ।

तीन जना महिला फुटबलरमा हिरा भुजेलको चोटको सफल सल्यक्रिया भएको छ भने सावित्रा उपचारका लागि शनिबार कतार प्रस्थान गर्दैछिन् ।

एन्फाले सावित्राको उपचारका लागि कतार फुटबल संघसंग समन्व्य गरि व्यवस्था मिलाएको हो । सोही अनुसार सावित्राको चोटको उपचार कतारको सुविधा सम्पन्न अस्पतालमा हुन लागेको हो ।

सावित्रा कतार उड्नु अघि अधिकारीले तीन जना महिला फुटबलरलाई आफुले क्लबबाट प्राप्त गरेको रकम हस्तान्तरण गरेका हुन् ।

‘लकडाउनका कारण ढिला गरि हस्तान्तर भयो । सावित्रा शनिबारनै कतार जाने कार्यक्रम छ । सोही कारण अघिल्लो दिननै खेलाडीलाई रकम हस्तान्तरण गरेको हुँ ।’ अधिकारीले भने ।

उनले चोटले थलिएका खेलाडीलाई हौसला प्रदान गर्न र फुटबलसंग सम्बन्धित सबैलाई सहयोग गर्न प्रेरणा मिलोस भनेर खेलाडीलाई रकम हस्तान्तरण गरेको बताए ।

‘हाम्रो पहलकदमीले खेलाडीलाई थोरै भएपनि सहयोग हुन्छ ।’ उनले भने, ‘उपचारको समस्याबाट कुनैपनि खेलाडी खेल जिवनबाट टाढा नहोस भन्ने मान्यता राख्छु ।’

एन्फा केन्द्रिय सदस्य अधिकारी स्वास्थ्य क्षेत्रमा पनि आबद्ध छन् । उनी फिजियोथेरापी सहितको सेवाका लागि प्रसिद्ध स्पार्क हस्पिटल सञ्चालन गर्छन् ।

उनले खेलाडीलाई आवश्यक परेको खण्डमा फिजियोथेरापी सेवा समेत निशुल्क उपलब्ध गराउने गरेको बताए ।

‘विभिन्न तरिकाले फुटबलमा सहयोग गर्न पाउँदा खुसी लाग्छ । फिजियोथेरापी आवश्यक परेर खेल जिवननै सकिने अवस्थाका खेलाडीलाई आफ्नै अस्पतालमा उपचार सेवा दिएर पुन खेलमा फर्कने वातावरण बनाएको छु ।’ उनले भने ।

अधिकारी विराटनगरस्थित विराट सांग्रिला स्पोर्टिङ क्लबका अध्यक्ष हुन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित