काठमाडौं । कोपा अमेरिका फुटबल अन्तर्गत आयोजक ब्राजिलले भोलि (बिहीबार) बिहान कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ ।
ओलम्पिक स्टेडियममा हुने ब्राजिल र कोलम्बियाबीचको खेल बिहान ५:४५ बजे सुरु हुनेछ ।
कोलम्बियाविरुद्ध मैदान उत्रदा ब्राजिल लगातार तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
अघिल्ला दुई खेलमा जित निकालेको ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।
तर, ब्राजिल कोलम्बियालाई हराएर शतप्रतिशत जितलाई कायम राख्न चाहन्छ ।
समूह 'बी' को ब्राजिलले २ खेलमा ६ अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
कोलम्बिया पनि ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्न चाहन्छ ।
कोलम्बिया ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
कोपा अन्तर्गत नै अर्को खेलमा इक्वेडर र पेरुबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल राति २:४५ बजे सुरु हुनेछ ।
इक्वेडर १ अंक जोडेर पुछारमा रहेको छ । पेरु ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।