काठमाडौं । राष्ट्रिय फुटबल टोलीका युवा सदस्य विकास खवासको घुँडाको चोटको सफल शल्यक्रिया भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले डिफेन्डर विकासको सातदोबाटोस्थित बी एण्ड बी अस्पतालमा बुधबार सफल शल्यक्रिया भएको जनाएको छ ।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि कुवेतमा रहदा विकासले चोट बोकेका थिए ।
उनले दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) को चोट बोकेका थिए ।
चोटकै कारण उनले अष्ट्रेलियाविरुद्धको खेल गुमाएका थिए ।
विकास जोर्डनविरुद्धको खेलमा घाइते भएका थिए । उनी खेलको ३० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
त्रिभुवन आर्मी क्लबमा आबद्द विकासले नेपाल सुपर लिग एफसी चितवनबाट खेलेका थिए । तर, पहिलो खेलमै चोट बोकेपछि उनले प्रतियोगितानै गुमाएका थिए ।
