वेम्बलीमा ६० हजार दर्शकलाई अनुमति
बुधबार, ०९ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । युरोकप फुटबलको सेमिफाइनल र फाइनल खेल हेर्नका लागि ६० हजार दर्शकले स्टेडियममा प्रवेश पाउने भएका छन् ।
युके सरकारले सेमिफाइनल र फाइनलमा ६० हजार दर्शकलाई अनुमति दिने निर्णय गरेको हो ।
युरोकपको सेमिफाइनल र फाइनल खेल वेम्बली स्टेडियममा हुनेछ ।
युके सरकारले वेम्बलीको क्षमताको ७५ प्रतिशत समर्थकलाई अनुमति दिने निर्णय गरेको हो ।
'यो एकदम राम्रो समाचार हो । धेरै समर्थक वेम्बली स्टेडियममा बसेर तीन खेल हेर्न पाउने छन्,' अध्यक्ष अलेक्जान्डर कफेरिनले भनेका छन् ।
युरोकपको समूह चरणको खेलहरु आजबाट सकिदैछ ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


