राजेन्द्र र ईन्द्रलाई उपाधि
मंगलबार, ०८ असार २०७८खेलपाटी संवाददाता

काठमाडौं । राजेन्द्र बज्राचार्य र ईन्द्र शेखर खड्काले ओलम्पिक डे को अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् ।
राजेन्द्रले ४५ वर्ष माथिको उमेर समूहमा सुमन शाक्यलाई पराजित गर्दै उपाधि जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेश्रो स्थान प्राप्त गरे ।
यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरी थापालाई पराजित गर्दै उपाधि जिते । तेश्रो स्थानमा प्रकास धाख्वा र सरदमान श्रेष्ठ रहे ।
विजयी खेलाडीहरुलाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा ४५ खेलाडीहरुले सहभागिता जनाएको संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले बताए ।







-1753545694.jpg&w=3840&q=75)


-1764813103863.webp&w=3840&q=75)
-1764812815251.webp&w=3840&q=75)


