ओलम्पिक खेल्न जापान आएका युगान्डाका खेलाडीमा कोरोना
सोमबार, असार ७, २०७८खेलपाटी संवाददाता
एजेन्सी । टोकियो ओलम्पिकमा सहभागिता जनाउन जापान आएका युगान्डा टिमका एक जनालाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
जापान पुगेपछि गरिएको परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ हुने नाममा गोप्य राखिएको छ ।
ओलम्पिकका लागि युगान्डाका ९ सदस्सीय टिम जापान पुगेका थिए । उनीहरु कोरोनाको पूर्ण खोप लगाएर जापान आएको बताईएको छ ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ ।
ओलम्पिक कोरोना महामारीको कारण एक वर्ष ढिला आयोजना हुन लागेको हो ।







-1762154705887.png&w=3840&q=75)





-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)