एजेन्सी । प्रिमियर लिगले युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना गरेको छ ।
ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरीवान गरेको हो ।
प्रिमियर लिगले ६ क्लबलाई संयुक्त २० मिलियन पाउण्ड जरिवाना गरेको स्काई स्पोर्ट्सले जनाएको छ ।
तर, प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका ६ क्लबले सुपर लिगबाट हात झिकेको थियो ।
युरोपका १२ क्लबले आफ्नो नतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।
रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा ईएसएलको घोषणा गरिएको थियो ।
तर, अब संस्थापक क्लबमा बार्सिलोना, रियल मड्रिड र युभेन्ट्स मात्र रहेका छन् ।
अन्य क्लबले प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।