एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्सले ब्रुनो लागेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
उल्भ्सले बुधबार ब्रुनोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४५ वर्षीय पोर्चुगिज प्रशिक्षक ब्रुनो यस अघि बेन्फिकाका प्रशिक्षक रहेका थिए ।
मुख्य प्रशिक्षक नुनो सान्टोले क्लब छाडेपछि उल्भ्सले ब्रुनोलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
पोर्चुगिज प्रशिक्षक नुनोले यस सिजनको अन्त्यसँगै क्लब छाडेका थिए ।
पूर्व गोलकिपर समेत रहेका नुनो सन् २०१७ मा उल्भ्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
४७ वर्षीय नुनोकै नेतृत्वमा उल्भ्स प्रिमियर लिगमा बढुवा भएको थियो ।