एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिली र बोलिभियाले बराबरी खेल्दै अंक बाडेका छन् ।
बुधबार भएको खेलमा चिलीले बोलिभियासँग १-१ गोलको बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ६९ औं मिनेटमा इरिक पुल्गरले गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ८२ औं मिनेटमा मार्सेलो मोरेनोले पेनाल्टीमा गोल गर्दै बोलिभियालाई हारबाट जोगाए ।
यस बराबरीसँगै चिलीले छनोटमा ६ खेलमा ६ अंक जोडेको छ ।
चिली अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
बोलिभिया ५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
