१० हजार मिटरमा सिफानको विश्व कीर्तिमान
आइतबार, जेठ २३, २०७८खेलपाटी संवाददाता

एजेन्सी । एथलेटिक्सको १० हजार मिटरको महिला दौडमा डच धाविका सिफान हसनले कीर्तिमान बनाएकी छिन् ।
नेदरल्यान्ड्सको हेन्गेलोमा आइतबार भएको दौडमा २९ मिनेट ०६.८२ सेकेण्डको समय निकाल्दै सिफानले कीर्तिमान बनाएकी हुन् ।
सिफानले इथोपियाकी अल्माज अयानाको कीर्तिमान भङ्ग गरेकी हुन् । अयानाले २०१६ को ओलम्पिकमा २९ मिनेट १७.४५ सेकेण्डको कीर्तिमानबनाएकी थिइन् ।
'डच समर्थकसँग यो खुसी बाड्न पाउदा म खुसी छु,' कीर्तिमान बनाएपछि उनले भनिन् ।
१५ सय र १० हजार मिटरको विश्व च्याम्पियन सिफान इथोपियामा जन्मिएका थिइन् ।
तर, उनी १३ वर्षको उमेरमा सन् २००८ मा नेदरल्यान्ड्स आएकी थिइन् । उनले २०१३ मा नेदरल्यान्ड्सको नागरिकता पाएकी थिइन् ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

