एजेन्सी । फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले बनाएको थियो ।
खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर,खेलको ३६ औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै चिलीलाई हारबाट जोगाए ।

यस बराबरीसँगै अर्जेन्टिनाले ५ खेलमा ११ अंक जोडेको छ ।
अर्जेन्टिना छनोटको दोस्रो स्थानमा रहेको छ ।
चिली ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
अर्को खेलमा उरुग्वे र पराग्वेले गोलरहित बराबरी खेलेका छन् ।
त्यस्तै बोलिभियाले भेनेजुएलालाई ३-१ ले हराएको छ ।
