काठमाडौं । इंग्ल्यान्डको राष्ट्रिय टोली स्कटल्याण्डसँगै गठन गरिएको थियो । त्यसैले इंग्ल्यान्डको टिमलाई पुरानो राष्ट्रिय फुटबल टिम मध्येको एक मानिन्छ ।
यी दुबै राष्ट्रिले आफ्नो पहिलो खेल एक अर्काविरुद्ध खेलेका थिए । सन् १८७० को सुरुवात तिर खेलेको त्यो खेल नै प्रारम्भिक आधुनिक फुटबल इतिहासको खेल मानिन्छ । दुई देशबीचको खेल ४ मार्च १८७० मा लण्डनको द ओभल मैदानमा भएको थियो ।
विश्वका बाँकी राष्ट्रहरु फुटबलमा सम्मिलित हुनु भन्दा पहिले इंग्ल्यान्डले अन्य ब्रिटिश राष्ट्रहरूसँग मिलेर वार्षिक ब्रिटिश होम च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने गरेको थियो ।
चौथो संस्करणमा स्कटल्यान्ड उपविजेता बनेपछि इंग्ल्यान्डले पहिलो पटक १८८८ मा उक्त प्रतियोगिताको उपाधि जितेको थियो । ब्रिटिश होम च्याम्पियनशिप सयौं वर्षसम्म आयोजना भएको थियो र इंग्ल्यान्ड ५४ उपाधिका साथ सबैभन्दा सफल टिम बनेको थियो ।
शताब्दीको सुरुमा आयोजना भएको ओलम्पिक खेल्न इंग्ल्यान्ड सफल भयो । १९०० मा लन्डनमा आयोजित ग्रीष्मकालीन ओलम्पिकमा फुटबल पहिलो पटक समावेश गरिएको थियो । जहाँ बेलायती राष्ट्रिय टोलीले ग्रेट ब्रिटेनको रूपमा प्रतिनिधित्व गर्यो । उनीहरूले प्रतियोगिता जितेका थिए । तर त्यस समय ओलम्पिकमा फ्रान्स र बेल्जियम मात्र अन्य दुई राष्ट्रको सहभागीता रहेको थियो ।

सन् १९०४ को ग्रीष्मकालीन ओलम्पिकमा अनुपस्थित भएपछि ग्रेट ब्रिटेनले १९०८ को ग्रीष्मकालीन ओलम्पिकमा फेरि स्वर्ण पदक जितेको थियो । त्यतिबेला पाँच राष्ट्रको सहभागिता रहेको थियो । तिनीहरुले सन् १९२० सम्म ओलम्पिक फुटबल प्रतियोगितामा आफ्नो प्रभुत्व कायम राखेका थिए । तर, १९२० को ओलम्पिकको पहिलो चरणमा नर्वेले बेलायतीलाई पराजित गरेको थियो । त्यतिबेला बेलायतले सबै एमेच्योर खेलाडी मैदान उतारेको थियो ।
त्यतिबेला व्यवसायिक खेलाडीको कारण एफए र फिफाबीच विवाद शुरू भयो । एफए व्यवसायिक खेलाडीहरुलाई ओलम्पिक फुटबल प्रतियोगिता बाहिर राख्न चाहान्थ्यो । फिफाको योजना भने अर्को थिए । यसकै असरका कारण ग्रेट ब्रिटेनले अर्को दुई ओलम्पिक फुटबल प्रतियोगिताबाट नाम फिर्ता लियो ।
ग्रेट ब्रिटेनको राष्ट्रिय टोली १९३६ मा ओलम्पिकमा पुनः फर्कियो । जहाँ पोल्याण्डविरूद्ध दोस्रो चरणमा पराजित भए । तर, त्यतिबेलासम्म विश्वकपको सुरुवात भइसकेकाले फुटबलको नक्शा परिवर्तन गरिसकेको थियो । जसले ओलम्पिकमा खेल्ने सिनियर फुटबल टोलीलाई प्रतिस्थापन गरेको थियो ।

ठूलो सफलता र असफलताको सिलसिला
इंग्ल्यान्ड सन् १९०६ मा फिफामा आबद्द भएको थियो । तर, खेलको आविष्कारको रूपमा इंग्ल्यान्डले अधीनताको कुनै स्पष्ट कारण नदेखेपछि १९२८ मा फिफा छोडेका थिए । यसै कारण इंग्ल्यान्डले १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकपमा भाग लिएन् ।
इंग्ल्यान्डले १९३८ सम्म विश्वकपमा सहभागिता जनाएन् । १९४६ मा फिफाको पुनः सदस्यता लिएपछि इंग्ल्यान्डले १९५० को विश्वकपमा पहिलो पटक सहभागिता जनायो । आफ्नो पहिलो खेल चिलीविरुद्ध जित्यो । तर, संयुक्त राज्य अमेरिका र स्पेनविरूद्ध पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो । तिनीहरू समूह चरणमा पहिले नै बाहिरिए पनि संयुक्त राज्य अमेरिकासँगको हार तिनीहरुका लागि सायद सबैभन्दा ठूलो अपमान थियो ।
त्यहिँ समय तीन वर्षसम्म इंग्ल्यान्डले एक पटक मात्र घरेलु मैदानमा आयरल्याण्ड रिपब्लिकसँग पराजित भएको थियो । अब, इंग्ल्यान्ड कडा प्रतिस्पर्धी हंगेरीको सामना गर्न तयार थियो । जसले ओलम्पिकमा शासन गरिरहेका थिए र पछिल्लो तीन वर्ष यता अपराजित थियो ।
यी दुई टोलीबीचको खेललाई 'म्याच अफ द सेन्चुरी' को नाम दिएको थियो । खेल वेम्बली (एम्पायर स्टेडियम भनिन्थ्यो र यो देशको पहिलो राष्ट्रिय स्टेडियम बन्ने थियो) मा आयोजना हुने थियो । उक्त खेल इंग्ल्यान्ड ६–३ ले पराजित हुन पुग्यो ।

सन् १९५४ को विश्वकपमा इंग्ल्यान्डले क्वाटरफाइनलसम्मको यात्रा गर्यो । तर, क्वाटरफाइनलमा उरुग्वेसँग पराजित हुन पुग्यो । एक औषत प्रदर्शनको चार वर्षपछि जब प्रतियोगिता स्विडेनमा आयोजित भयो । इंग्ल्यान्ड समूह चरणबाट अगाडी बढ्न सकेन । १९६२ को विश्वकपमा पनि इंग्ल्यान्ड क्वाटरफाइनलमा ब्राजिलसँग रोकियो ।
इंग्ल्यान्डले विश्वकपमा क्वाटरफाइनलसम्म यात्रा मात्र गर्न सकेको थियो । तर, १९६६ को विश्वकपमा उनीहरूले घरेलु मैदानमा एक फरक कथा बनाए । घरेलु मैदानको फाइदा ऐतिहासिक जितको एक कारण बन्यो ।
पहिलो खेलमा उरुग्वेविरूद्ध गोलरहित बराबरी खेल्दा इंग्ल्यान्ड टोली च्याम्पियन जस्तो देखिदैन थिए । तर, त्यस बराबरीपछि इंग्ल्यान्डले बाँकी खेलहरू सबै जिते । समूह चरणमा फ्रान्स र मेक्सिकोलाई पराजित गर्यो ।
क्वाटरफाइनल र सेमिफाइनलमा अर्जेन्टिना र पोर्चुगललाई पराजित गर्दै फाइनलमा पश्चिम जर्मनीविरूद्धको भेट पक्का गरे । नाटकीय बनेको फाइनल खेलको अतिरिक्त समयमा इंग्ल्यान्डले जर्मनीलाई ४–२ ले पराजित गरेको थियो ।
सन् १९६६ मा भएको जित इंग्ल्यान्डका लागि स्वर्ण युगको सुरुवात भने होइन । चार वर्षपछि मेक्सिकोमा भएको विश्वकपमा इंग्ल्यान्डले समूहमा तीन मध्ये दुई खेल जित्दै समूह चरणबाट अगाडी बढ्यो । क्वाटरफाइनलमा इटालीसँग पराजित हुन पुग्यो ।
जब विश्वकप कप चार वर्ष पछि युरोप (पश्चिम जर्मनी) मा फर्कियो इंग्ल्यान्ड छनोट हुन सकेन् । पोल्याण्डविरूद्ध घरेलु मैदानमा भएको छनोटको अन्तिम खेलमा जित निकालेको खण्डमा इंग्ल्यान्ड छनोट हुन सक्थ्यो । तर, इंग्ल्यान्ड पोल्याण्डसँग बराबरीमा सिमित हुन पुग्यो । विश्वकप खेल्न सुरु गरेपछि इंग्ल्यान्ड पहिलो पटक छनोट हुन असफल भएको थियो ।

इंग्ल्यान्डले १९७८ मा अर्जेन्टिनामा भएको अर्को विश्वकप पनि गुमाउन पुग्यो । यस पटक छनोटमा इंग्ल्यान्ड अभागी सावित हुन पुग्यो । एउटै समूहमा रहेको इटाली गोल अन्तरका आधारमा विश्वकपमा स्थान बनायो ।
सन् १९८२ को विश्वकपमा इंग्ल्यान्ड छनोट भयो । प्रतियोगिताको पहिलो समूह चरणमा लगातार तीन जित निकाल्दै इंग्ल्यान्ड शीर्ष स्थानमा रहेर दोस्रो समूह चरणमा प्रवेश गरेको थियो । यो विश्वकपको दोस्रो समूह चरण नयाँ सेटअप थियो । दोस्रो समूह चरणमा इंग्ल्यान्डले विपक्षी पश्चिम जर्मनी र स्पेन दुबै टोलीविरुद्ध गोल गर्न सकेन । पश्चिम जर्मनीले तेस्रो खेलमा स्पेनलाई हराएर सेमिफाइनलमा स्थान बनायो । इंग्ल्यान्ड भने बाहिरिन पुग्यो ।
धेरैलाई १९८६ को विश्वकपमा इंग्ल्यान्ड टोलीको पोष्टमा के भयो भनेर स्पष्ट सम्झना छ । क्वाटरफाइनलमा अर्जेन्टिनाविरूद्धको खेल अझै बिर्सन गाह्रो छ । जहाँ इतिहासको सबैभन्दा विवादास्पद गोलमध्ये एक र सबैभन्दा उत्कृष्ट अर्को गोल थियो । पहिलो गोल 'ह्यान्ड अफ गड' थियो । जहाँ रेफ्री चुके । दोस्रो अर्को मैदानबाट त्यही खेलाडीले बल ड्रबिलिङ्ग गर्दै इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनलाई चक्मा दिदै गोल गरेका थिए । उनी थिए, डिएगो म्याराडोना ।
इटालीमा भएको १९९० को विश्वकप अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डका लागि दोस्रो ठूलो विजय थियो । उनीहले १९६६ को विश्वकप अघि र पछि क्वाटरफाइनलसम्मको यात्रा मात्र गर्न सकेका थिए । उनीहरुले क्वाटरफाइनलमा क्यामरूनलाई ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पश्चिम जर्मनीसँग पेनाल्टीमा पराजित हुँदै अर्को चरणको यात्रामा पूर्णविराम लाग्यो । तेस्रो स्थानका लागि भएको खेलमा पनि इटालीसँग पराजित हुदै चौथो बनेको थियो ।

इंग्ल्यान्डले १९९४ को विश्वकप गुमाउन पुग्यो । तर फ्रान्समा आयोजित अर्को संस्करणमा युईएफए यूरोपीयन च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरे पछि फेरि विश्वकपमा फर्कियो । तर, विश्वकप १९९० र यूरो १९९६ नायक पल ग्यासकोइन् अधिक वेटका कारण टिम बाहिर थिए । टिम शेरिघम टोलीका अर्का स्टार थिए । तर, प्रतियोगिताका दौरान एक नाइटक्लबमा देखिए पछि आलोचनाका सिकार बन्न पुगे ।
त्यसपछि दुई युवा खेलाडीहरूले उनको सट्टामा खेल्ने अवसर पाए । पहिलो थिए माइकल ओवेन । उनले पहिलो खेलमा केवल ५ मिनेट र दोस्रोमा नौ मिनेट खेल्न पाएका थिए । रोमानियाविरुद्धको एक गोल उनकै थियो । समूहको तेस्रो खेलमा उनले सुरुवाती ११ बाटै सुरु गरे । उनले अर्जेन्टिनाविरुद्ध शीर्ष १६ मा एकल आक्रमण गर्दै आफूलाई उत्कृष्ट खेलाडीको रूपमा प्रस्तुत गरे । तर, त्यो खेल पेनाल्टीमा इंग्ल्यान्ड हार्न पुगेको थियो ।
दोस्रो युवा खेलाडी डेभिड बेकह्याम थिए । उनले अन्तिम समूह खेलमा कोलम्बियाविरुद्ध फ्रिकिकमा गोल गरे । तर शीर्ष १६ मा उनी रातो कार्ड खाँदै बाहिरिए ।
सन् २००२ को विश्वकप एशियामा पहिलो पटक आयोजित भएको थियो । बेलायत उच्च अपेक्षाका साथ आइपुग्यो । शीर्ष १६ मा डेनमार्कलाई प्रभावशाली शैलीमा जितेको इंग्ल्यान्डले क्वाटरफाइनलमा ब्राजिलको सामना गर्नु पर्ने थियो । तर, ब्राजिलसँग २–१ ले पराजित हुँदै बाहिरियो ।

सन् २००६ को विश्वकपमा पनि क्वाटरफाइनलमा पराजित भए हुँदै बाहिरिन पुग्यो । २०१० मा शीर्ष १६ बाटै बाहिरिएको इंग्ल्यान्ड २०१४ को विश्वकपमा कोस्टारिका, इटाली र इरुग्वेसँगै समूह डीमा रहेको थियो । तर, समूहमा जित विहीन हुँदै समूह चरणबाटै बाहिरियो ।
२०१८ को विश्वकपमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइनलमा क्रोयसियासँग अतिरिक्त समयमा २–१ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको प्ले अफमा बेल्जियमसँग २–० ले पराजित भएपछि इंग्ल्यान्ड चौथो स्थानमा सिमित भएको थियो ।
सन् १९६८ बाट यूईएफए युरोपियन च्याम्पियनसिप खेल्न सुरु गरेको इंग्ल्यान्ड पहिलो संस्करणमा नै तेस्रो बनेको थियो । सेमिफाइनलमा युगोस्लाभियासँग १–० ले पराजित भएपछि फाइलनको यात्रा सकिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा सोभियत युनियनलाई २–० ले पराजित गर्दै तेस्रो बेनेको थियो ।

त्यसपछिका दुई संस्करणमा छनोट हुन नसकेको इंग्ल्यान्ड १९९२ सम्मको यूईएफए युरोपियन च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको थियो ।
सन् १९९६ मा घरेलु भुमिमा आयोजना भएको यूईएफए युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्डले फेरि १९६८ कै नतिजा दोहोर्यायो । त्यसपछिका पाँच संस्करणको युरोपियन च्याम्पियनसिपमा इंग्ल्यान्ड एक पटक मात्र छनोट हुन् सफल भएको थियो भने दुई पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।
यस वर्षको यूईएफए युरोपियन च्याम्पियनसिपका लागि इंग्ल्यान्ड छनोट भईसकेको छ ।
-एजेन्सीको सहयोगमा
फ्रान्सको समुन्द्री यात्रा अनि पहिलो गोल
विश्वकपको प्रदर्शन दोहोर्याउने आशा
युद्धपछि बेल्जियमको संघर्ष