एजेन्सी । अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरोले बार्सिलोना विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन् ।
बार्सिलोनासँग अनुबन्धित भएपछि बोल्दै अग्युरोले क्लब विश्वकै उत्कृष्ट मध्येको एक भएको बताएका हुन् ।
'हामी सबैलाई थाहा छ की बार्सिलोना विश्वकै उत्कृष्ट क्लब हो,' उनले भने ।
बार्सिलोनाले सोमबार अग्युरोलाई अनुबन्धित गरेको हो ।
म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर अग्युरोले सिजनको अन्त्यसँगै इंग्लिस क्लब छाडेका थिए ।
३२ वर्षीय अग्युरोलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

अग्युरोले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका छन् । उनी २०२३ सम्म बार्सिलोनामा रहने छन् ।
'मलाई लाग्छ यहाँ आउनु मेरो महान निर्णय हो । यो मेरो करियरको एक कदम हो । म एकदम खुसी छु र टिमलाई जिताउनेमा आशावादी छु,' उनले थपे ।
बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
सिटीका १० वर्ष बिताएर अग्युरो स्पेन आएका हुन् ।
अग्युरोले सिटीका लागि ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।
अग्युरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।
अग्युरोले सिटीका लागि मुख्य १५ उपाधि जितेका थिए ।