एजेन्सी । इटालियन क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौड अनुबन्धनको तयारी थालेको छ ।
मिलानले ओलिभर अनुबन्धको लागि प्रस्ताव अघि सारेको गोल डटकमले जनाएको छ ।
चेल्सीका फरवार्ड ओलिभरलाई मिलानले फ्री ट्रान्सफरमा क्लबमा अनुबन्ध गर्ने प्रयास गरेको गोल डटकमले जनाएको छ ।
३४ वर्षीय स्ट्राइकरको चेल्सीसँगको सम्झौता जुनबाट सकिदैछ । उनले गत सिजन एक वर्षको लागि सम्झौता नवीकरण गरेका थिए ।
चेल्सीलाई यस सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
ओलिभर सन् २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए ।
चेल्सीका लागि उनले १ सय १९ खेलमा ३९ गोल गरेका छन् ।
