• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
विश्वकपको प्रदर्शन दोहोर्‍याउने आशा
दिपेश तिमल्सिना
सोमबार, जेठ १७, २०७८ दिपेश तिमल्सिना
विश्वकपको प्रदर्शन दोहोर्‍याउने आशा

काठमाडौं । क्रोएसियामा १८७३ मा एसोसियसन फुटबल भित्रिएको मानिन्छ । इतिहासकारका अनुसार क्रोएसियाका विभिन्न भागहरूमा रहेका औद्योगिक परियोजनाहरूमा काम गर्ने अंग्रेज प्रवासीहरूले फुटबल भित्र्याएको मानिन्छ । उनीहरुले आफ्नो खाली समयमा फुटबल खेल्ने गरेका थिए ।

यसै क्रममाः १९०७ मा क्रोएसियामा केही स्थानीय क्लबहरू स्थापना भए । त्यसपछि राष्ट्रिय टोली बनाउनु अर्को तार्किक कदम बन्यो र १९१८ मा टिम बन्यो । तर, नवगठित क्रोएसियाली पक्षले युगोस्लाभियन राष्ट्रिय टोलीसँग गाँसिनु पूर्व केहि खेलहरू खेलेको थियो ।

दोस्रो विश्व युद्धपछि युगोस्लाभिया राज्यको पतन पछि क्रोएशिया १९४१ मा एक स्वतन्त्र देश बन्न पुग्यो । दोस्रो विश्व युद्धको अन्त्यसम्ममा क्रोएसियाली टोलीले १५ भन्दाबढी मैत्रीपूर्ण खेल खेलिसकेको थियो ।

तर, त्यसपछि उनीहरु पुनः युगोस्लाभिया राष्ट्रिय टोलीमा सामेल हुन पुगे । त्यस समयबाट क्रोसियाली खेलाडीहरूको बहुमतले १९९० को दशक सुरु हुनुभन्दा पहिले समाजवादी संघीय गणतन्त्र युगोस्लाभियाको प्रतिनिधित्व गरे । 

Soccer, football or whatever: If Yugoslavia went to USA 1994

क्रोएसियाको आधिकारिक उत्पती

सन् १९९१ मा क्रोएसियाले आफ्नो स्वतन्त्रताको घोषणा गरे पनि त्यसको एक वर्ष अगाडी एक अनौपचारिक क्रोएसियाली टोलीको गठन गरिएको थियो । यस टोलीले संयुक्त राज्य अमेरिका, रोमानिया र स्लोभेनियाविरूद्ध तीन मैत्रीपूर्ण खेल खेल्दै तीनै खेल जितेको थियो ।

यति बेलानै क्रोएसियाले पहिलो पटक रातो र सेतो रंग भएको जर्सीमा खेलेको थियो । १९९२ मा क्रोएसियाली फुटबल संघ फिफामा दर्ता भएपछि र अष्ट्रेलियाको विरूद्ध पहिलो पटक आफ्नो आधिकारिक खेल खेल्यो ।

क्रोएसियाले १९९३ मा युईएफएमा प्रवेश पायो । तर, विश्वकप छनोट खेल्न नपाएकाले क्रोएसियाले १९९४ को विश्वकप गुमाउन पुग्यो । युरो १९९६ छनोट खेल्दै क्रोएसिया फिफाको १ सय २५ औं वरीयतामा डेब्यू गर्यो ।

युरो छनोटको क्रममा क्रोएसिया ले आफ्नो पहिलो आधिकारिक जित एस्टोनियासँग २–० को निकालेको थियो । पहिलो पराजय भने युक्रेनसँग १–० को थियो । छनोटको आफ्नो समूहमा पहिलो बनेपछि क्रोएसिया फिफा वरीयताको ६२ औं स्थानमा पुग्यो र युरोपेली च्याम्पियनसिपका लागि छनोट भयो । क्रोएसियाले छनोटका १० खेलमा सात खेलमा जित, दुई बराबरी र एक खेलमा मात्र पराजय भोगेको थियो ।

पहिलो प्रमुख प्रतियोगिता

प्रख्यात प्रबन्धक मिरोस्लाव ‘इरो’ ब्लेजेभिचको नेतृत्वमा क्रोएसिया युरोप १९९६ मा डार्क हर्सको रुपमा देखिएको थियो । क्रोएसियाले युरोमा राम्रो सुरुवात गरे । उनीहरुले टर्की र डेनमार्क विरूद्ध आफ्नो पहिलो दुई खेल जिते । तेस्रो खेलमा पोर्चुगलसँग ३–० ले पराजित भएपनि समूहको दोस्रो बन्यो ।

पोर्चुगलसँगको हारले क्रोएसियाको भेट क्वाटरफाइनलमा जर्मनीसँग भयो । जहाँ जर्मनीसँग क्रोएसिया २–१ ले पराजित हुँदै बाहिरिन पुग्यो ।

ब्लेजेभिच प्रबन्धकको रूपमा रहँदा क्रोएसिया १९९८ को विश्वकपका लागि छनोट भयो । तिनीहरूको समूहमा अर्जेन्टिनासँगै प्रथम पटक विश्वकपमा सहभागीहरू भएका अन्य दुई टोली जापान र जमैका पनि रहेका थिए । विश्वकपको समूह चरणमा पनि क्रोएसियाली आफ्नो पहिलो दुई खेल जित्यो । तर, अर्जेन्टिनासँगको तेस्रो खेल गुमाउँदै समूहको दोस्रो स्थानमा रह्यो ।

SUKER, Davor | Croatia | 6 goals | France 1998 | Classic football shirts,  Davor šuker, Soccer

शीर्ष १६ मा रोमानियालाई पहिलो हाफको इन्जुरी समयमा डाभोर अउकरले पेनाल्टीमा गोलमा गोल गर्दै क्वाटरफाइनलमा प्रवेश गराए ।

जर्मनीकोविरुद्ध क्वाटरफाइनलमा क्रोएसियाले ३–० को जित निकाल्दै प्रतियोगिताकै सर्वश्रेष्ठ प्रदर्शन गर्यो । तर,  सेमिफाइनलमा क्रोएसिया  फ्रान्ससँग २–१ ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्यो । ६ गोलका साथ क्रोएसियाका स्ट्राइकर डाभोर प्रतियोगिताको शीर्ष गोलकर्ता बने ।

FIFA World Cup 2018: This Croatia side can surpass stars of 1998, says  Dejan Lovren ahead of Russia match

यीनै आशाजनक प्रदर्शनहरू पछि क्रोएसिया अझ सफलताको लागि राम्रोसँग सेट भएको देखिन्थ्यो । तर तिनीले यूरो २००० छनोटमा मध्यम प्रदर्शन गरेपनि छनोट हुन सकेनन् । छनोटका आठ खेल खेल्दा क्रोएसियाले ४ खेल मात्रै जित्न सकेको थियो ।

विश्वकप २००२ छनोटमा खराब सुरुवात गरे पनि नयाँ प्रबन्धक मिर्को जोसिचले टोलीलाई पुनः सहि लयमा ल्याए । छनोटको समूहमा शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएपनि विश्वकपको समूहमा भने खासै राम्रो प्रदर्शन गर्न सकेन् । विश्वकप २००२ मा क्रोएसिया समूह चरणबाटै बाहिरिन पुग्यो ।

१९९८ को विश्वकपमा रहेको धेरै जसो खेलाडीले राष्ट्रिय टोलीबाट सन्यास लिइसकेपछि क्रोएसिया अचानक आफ्नो पहिलेको लयलाई कायमै राख्न सकेन् । युरो २००४ मा समूह चरण पार गर्न सकेन् । २००६ को विश्वकपमा पनि क्रोएसियाको त्यस्तै कथा थियो । ब्राजिल र अष्ट्रेलिया पछाडि समूहको तेस्रो बनेको थियो ।

महानताको झलक

क्रोएसियाको यात्रा युरो २००८ मा आइपुगेको थियो । नयाँ प्रबन्धक स्लेभेन बिलीचको नेतृत्व र नयाँ पुस्ता लुका मोड्रिच जस्ता युवा खेलाडीहरू क्रोएसियाले आफ्नो छनोटबाट जन्माएको थियो । तर, पहिलो रोजाइका स्ट्राइकर एडुआर्डोलाई प्रतियोगिता सुरु हुनुभन्दा केही दिन अगाडी गुमायो । समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको क्रोएसिया टकीसँग पेनाल्टीमा पराजित हुँदै बाहिरिन पुग्यो ।

यस निराशाजनक क्षतिपछि क्रोएसियाले २०१० मा अर्को विश्वकप गुमाउन पुग्यो । छनोटमा समूहको तेस्रो स्थानमा रहँदै छनोट हुन सकेन् । युरो २०१२ मा समूह चरण पार गर्न सकेन् । इटाली र स्पेन जस्ता टोली समूहमा रहेकाले क्रोएसियाले आफुलाई प्रमाणित गर्न सकेन् । यो अवधि टोलीका लागि दुबै नतीजा र प्रदर्शनको आधारमा मिश्रित रह्यो ।

सन् २०१४ मा विश्वकपका लागि छनोट भएपछि क्रोएसियाले आयोजक ब्राजिलसँगको पहिलो खेल रेफ्रीको विवादास्पद निर्णयले गुमाउन पुग्यो । समूहमा ब्राजिल र मेक्सिको पनि तेस्रो स्थानमा रहँदै क्रोएसिया बाहिरियो । यूरो २०१६ मा क्रोएसिया एक कदम अगाडी थियो । तर, क्रोएसिया शीर्ष १६ मा पोर्चुगलसँग भएको खेलको अतिरिक्त समयमा गोल पराजित हुन पुग्यो ।

Croatia's football future not secure despite dream World Cup run - Sports  News

विश्वकप २०१८

२०१८ को विश्वकप छनोटको दौरान क्रोएसियाले निकै संघर्ष गर्यो । जहाँ आइसल्यान्ड र टर्कीविरूद्ध हारको प्रमाण थियो । विश्वकपका लागि ग्रीससँगको प्ले अफमा जित निकाल्दै क्रोएसियाले विश्वकपमा स्थान बनाएको थियो । जुन खेल क्रोएसियाले ४–१ ले जितेको थियो ।

विश्वकप सुरु हुँदै लाग्दा धेरै फुटबल विज्ञहरुले क्रोएसियाली टोलीलाई १९९८ को टिमसँग तुलना गर्न थालेका थिए । क्रोएसियाले जुन कुरा प्रमाणित समेत गर्यो ।

समूहको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको क्रोएसियाले डेनमार्क र रूसविरूद्ध पेनाल्टीमा जित निकाल्दै  सेमिफाइनमा स्थान बनायो ।

इङ्ल्यान्डविरुद्ध सेमीफाइनल खेल अतिरिक्त समयमा जित्दै फाइनल पुगे । बेल्जियमलाई पराजित गर्दै फाइनल पुगेको फ्रान्ससँग क्रोएसियाले उपाधिका लागि भेट पक्का गर्यो ।

फाइनल खेलमा फ्रान्ससँग ४–२ ले पराजति हुँदै उपविजेतामा सिमित बन्न पुग्यो । तर, क्रोएसियाका कप्तान लुका मोड्रिच प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए ।

Football Transfers: Luka Modric returns to Real Madrid training amid doubts  over future

-एजेन्सीको सहयोगमा ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP