बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

के चाहन्छन् अलमुताईरी ?

शनिबार, १५ जेठ २०७८हिम बिक्रम केसी
के चाहन्छन् अलमुताईरी ?
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक हुन्, अब्दुल्लाह अलमुताईरी । कुवेती प्रशिक्षक अलमुताईरी स्विडिस प्रशिक्षक योहान कालिनलाई प्रतिस्थापन गर्दै नेपाली टिम सम्हाल्न आईपुगेका हुन् ।

कोरोनाका कारण कालिन स्विडेन फर्किएका थिए । पछि उनी नेपाल फर्किन मानेनन् । फिफाका प्रतियोगिता खेलाउन प्रो–लाईसेन्स प्रशिक्षक आवश्यक हुन्छ । अनि एन्फाले अलमुताईरीलाई मुख्य प्रशिक्षकको रुपमा घोषणा गर्यो ।

दक्षिण एसियाली फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता हो, साफ फुटबल । साफ जित्नु नेपालका लागि सपना जस्तै हो । राष्ट्रिय टिमका मुख्य प्रशिक्षकलाई एन्फाले साफ फुटबलको उपाधिनै ‘टार्गेट’ दिने गर्छ । कालिनलाई पाएको जिम्मेवारी पनि त्यही थियो । त्यो अब अलमुताईरीमा सरेको छ ।

साफ आउन केही महिना बाँकी छ । तर तत्काल नेपालका अघि विश्वकप छनोटका करिब आधा खेल खेल्न बाँकी छ । कोरोना नभएको भए काठमाडौंको दशरथ रंगशालामा नेपालले जोर्डन, अष्ट्रेलिया र चाईनिज ताईपेसंग खेल्ने थियो । कोरोनाका कारण नेपालले खेल्ने बाँकी खेल कुवेतमा हुँदैछ ।

नेपालले खेल्ने माथिल्लो स्तरको फुटबल भनेकै विश्वकप छनोट हो । नेपालले अहिले दोस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ । एसियाली छनोट अन्तर्गत नेपालले अष्ट्रेलिया, ताईपे, जोर्डन जस्ता बलिया टिमसंग खेल्न बाँकी छ । पहिलो चरणको अवे म्याच नेपालले खेलिसकेको छ । कोरोनाका कारण आफ्नो होम म्याच कुवेतमा खेल्न लागेको हो ।

विश्वकप छनोटमा सक्दो राम्रो प्रर्दशन गर्नु नेपालको लक्ष्य हो । अवे म्याचले छनोटको तेस्रो चरण पुग्ने नेपालको सम्भावना कठिन देखाउँछ । तर नेपालले समूह बी बाट तेस्रो चरण जाने टिमको समिकरण भने प्रभावित पार्न सक्छ । समूह बी मा नेपालको महत्व सोही कारण छ । अझ चाईनिज ताईपेलाई उछिन्दै एसिया कप छनोटमा सहभागी हुने अवसर नेपाललाई छ । सोही कारण नेपालका लागि कुवेत भ्रमण महत्वपूर्ण छ ।

अलमुताईरीले नेपाली टिम सम्हालेको धेरै भएको छैन । तर उनले ठुलो जोखिम लिएर नयाँ खेलाडीलाई राष्ट्रिय टिममा राखेका छन् । जसमा धेरै युवा खेलाडी छन् । नयाँ ६ खेलाडीलाई उनले राष्ट्रिय टिममा स्थान दिए । खेलाडी छनोटलाई लिएर उनले धेरै प्रश्न आए । अलमुतारीले सबै प्रश्नको डटेर सामना गरे । एक प्रशिक्षकलाई आफु अनुकुलको टिम बनाउने अधिकार हुन्छ । अलमुताईरीले साफलाई लक्षित गर्दै युवा टिम बनाएका छन् । चोट बोकेका र लय गुमाएका खेलाडीलाई बाहिरै राखे । बरु नयाँ खेलाडीबाट जोखिम लिन अग्रसर देखिए ।

अलमुताईरी प्रभाव

पहिलो,
अलमुताईरीले राष्ट्रिय टिममा एउटा नारा दिएका छन्, ‘एक टिम, जय नेपाल’ । उनले दिएको नाराले भन्छ, उनी एकिकृत टिम चाहन्छन् । टिमभित्र कुनै विभाजन चाहदैनन् । टिम एकिकृत भए बाँकी लडाँई जित्न सहज हुने उनको विश्वास छ । सोही अनुसार खेलाडीलाई उत्साहीत बनाएका छन् । मनोबैज्ञानिक रुपमा खेलाडीलाई जोडेर राखेका छन् ।

दोस्रो,
उनी टिमको मनोविज्ञान बदल्न चाहन्छन् । बलिया टिमविरुद्ध सधै रक्षात्मक खेल्ने नेपाली टिमको शैली उनी परिवर्तन गर्न चाहन्छन् । उनी आक्रमण फुटबल खेल्न चाहन्छन् । उनी तत्काल नतिजा भन्दा प्रर्दशनलाई ध्यान दिएका छन् । सोही अनुसार खेलाडीलाई तयार पारेका छन् । उनले सार्वजनीक रुपमै बोलेका छन्, अब नेपालले बलिया टिमबिरुद्ध आक्रमक फुटबल खेल्छ ।
‘कसैले ‘क्रेजी’नै किन नभनोस, नेपालले अब गोलको अधिकतम प्रयास गर्छ ।’ उनी यसै भन्छन् । आक्रमक फुटबलका लागि उनले अहिले खेलाडीलाई मनोबैज्ञानिक रुपमै तयार पार्ने काम गरिरहेका छन् ।

तेस्रो,
लक्ष्य साफ च्याम्पियनसिप भएपनि तत्काल नेपालले विश्वकप छनोटको खेल खेल्दैछ । कुवेतमा उत्रनु अघि नेपालले ईराकसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल प्राय बलिया टिमसंग मैत्रीपूर्ण खेल खेल्न चाहदैन । बलिया टिमसंग खेलेर किन जोखिम लिने भन्ने मनोविज्ञान नेपाली फुटबलमा छ । तर, अलमुताईरीले पहिलो खेलमै ईराकलाई रोजे । उनी ईराकसंग नतिजा भन्दा प्रर्दशनमा केन्द्रित छन् । ईराकमार्फत खेलाडीमा आत्मविश्वास भर्न चाहन्छन् । एक हिसाबले आफुलाई परिक्षण गर्न चाहन्छन् । ठुला टिमसंग खेलेर मात्र साफ फुटबल र एसिया कप छनोटमा आफुलाई तयार गर्न सकिने उनले बुझेका छन् ।

चौथो,
कुवेत भ्रमणबाट नेपाली फुटबलले दुई नतिजा चाहेको छ । चाईनिज ताईपेसंग प्रष्ट जित र जोर्डनसंग कम्तिमा बराबरी । दबाब अलमुतारीमाथि पनि छ । सोही कारण उनले खेलाडीलाई ईराक र ताईपेसंगको खेलमा बढीनै केन्द्रित गरेका छन् । ईराकसंगको खेलबाट उनी टिमको कमजोरी जाँच्न चाहन्छन् । ताईपेविरुद्ध गल्ती गर्ने छुट नेपाललाई हुने छैन । ताईपेसंग प्राप्त हुने एक जितले नेपालले एसिया कप छनोटमा स्थान पक्का गर्नेछ । उनले नयाँ खेलाडीमा विश्वास गरेका छन् । युवा टिममा विश्वास गरेका छन् । उनले भविष्यलाई हेरेर युवा टिम बनाएको बताउँछन् । तर तत्काल सोही टिमबाट नतिजा निकाल्ने दबाब उनीमाथि छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका