चेल्सीको प्रभावशाली जित

काठमाडौं। चेल्सीले वुल्भरह्याम्पटनविरुद्ध दोस्रो हाफमा तीन गोल गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
सबै गोल दोस्रो हाफमा आएका थिए। एलेजान्द्रो गर्नाचोको क्रसबाट मालो गुस्तो र पेद्रो नेतोले गोल गरे। जोआओ पेद्रोले परिवर्तन खेलाडी एस्तेभाओको क्रसमा गोल थपे।
यो जितसँगै चेल्सीले प्रिमियर लिग अंकतालिकामा दोस्रो स्थान मजबुत बनाएको छ। वुल्भरह्याम्पटन भने लगातार संकटमा छ। ११ खेलपछि जम्मा दुई अंकका साथ तल्लो स्थानमै रह्यो र अझै कुनै जित हात पार्न सकेको छैन।
त्यसैगरी, वेस्ट ह्यामले बर्नलीलाई ३–२ ले हराएको छ। नयाँ प्रशिक्षक नुनो एस्पिरितो सान्तोको नेतृत्वमा लगातार दोस्रो जित निकालेको हो।
गत साता न्यूक्यासलमाथि जित निकालेको वेस्ट ह्यामले यस खेलमा गोल पछि परेको अवस्थाबाट फर्किएको हो। टोलीको जितमा कलम विल्सन, टोमास साउसेक र काइल वाकर–पिटर्सले गोल गरे। खेलको अन्त्यतिर बर्नलीले सान्त्वना गोल गरे पनि परिणाम बद्लिन सकेन।
एभर्टनले पनि तीन खेलको जितरहित श्रृंखला तोड्दै फुलहमलाई २–० ले हरायो। एद्रिसा गाना गुए र माइकल किनले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए।






-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



