एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड र इटालियन क्लब रोमाबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेड र रोमाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । खेल रोमाको मैदानमा हुनेछ ।
आज युनाईटेड जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
पहिलो लेगमा निकालेको फराकिलो जितले युनाईटेडको फाइनल सम्भावना बलियो रहेको छ ।
पहिलो लेगमा युनाईटेडले रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको थियो ।
रोमालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नुको विकल्प छैन ।
अर्को इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।
आर्सनलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आर्सनल घरेलु मैदानमा जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
तर, पहिलो लेगमा हार व्यहोरेको आर्सनललाई जित निकाल्न भने सहज छैन ।
पहिलो लेगमा आर्सनल भिल्लासँग २-१ ले पराजित भएको थियो ।