• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोखरालाई हराउँदै धनगढी प्लेअफमा
खेलपाटी संवाददाता
बुधबार, वैशाख २२, २०७८ खेलपाटी संवाददाता
पोखरालाई हराउँदै धनगढी प्लेअफमा

काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार भएको खेलमा पोखरा थण्डर्सलाई १-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे ।

पहिलो हाफमा धनगढीविरुद्ध पोखराले एकतर्फी खेल पस्किएको थियो । तर,पोखराले गोल गर्न सकेनन् ।

दोस्रो हाफमा भने धनगढीले पाएको मौकालाई सदुपयोग गर्यो । र, महत्वपूर्ण जित निकाल्यो ।

खेलको २२ औं मिनेटमा धनगढीका ओलावाले अफिजले गोलको अवसर गुमाए । विशाल राईको फ्रिकिकमा पोखराका डिफेन्डरले क्लियर गर्न नसक्दा प्राप्त बलमा ओलावालेको फितलो प्रहार डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।

Image

खेलको २६ औं मिनेटमा पोखराका मौसा अब्बाले गोलको अवसर गुमाए । डिबक्स भित्रबाट उनले प्रहार गरेको बल धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।

३३ औं मिनेटमा धनगढीका स्ट्राइकर ओलावाले आफिज चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । बललाई पछ्याउँने क्रममा उनको ह्यास्ट्रिङमा समस्या देखिएको थियो ।

खेलको ४० औं मिनेटमा पोखराले अर्को मौका गुमायो । मौसाको फ्रिकिकमा पोखराका रबि पासवानको प्रहार धनगढीका गोलकिपर किरणले बचाए । लगत्तै धनगढीका डिफेन्डरले क्लियर गर्न नसक्दा नवयुग श्रेष्ठले कन्ट्रोल गर्दै प्रहार गरेको बल दिनेश राजवंशीले रोके । रिबाउन्डमा नवयुगले नै प्रहार गरेको बललाई गोलरक्षक किरणले क्लियर गरेका थिए ।

६७ औं मिनेटमा दर्शन गुरुङको प्रहारलाई पोखराका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरेका थिए ।

Image

तर, खेलको ६८ औं मिनेटमा परिवर्तित खेलाडी दर्शनले गोल गर्दै धनगढीलाई १-० को अग्रता दिलाएका थिए । डिबक्स भन्दा बाहिरबाट दर्शनले उत्कृष्ट हाफ भली गोल गरेका थिए । दर्शन ओलावालेको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको ७३ औं मिनेटमा पोखराका अनिल गुरुङको प्रहार धनगढीका डिफेन्डर दिनेश राजवंशीलाई लाग्दै पोस्टमाथिबाट बाहिरिएको थियो ।

यस्तै इन्जुरी समयमा पोखराका खेलाडीले मैदानको मध्ये भागबाट प्रहार गरेको लामो प्रहारमा रमेश दंगालले हेडरमार्फत दिएको ब्याक पास गोलकिपर किरणले पोस्ट बारमाथिबाट बाहिर फालेका थिए ।

त्यसको एक मिनेट नबित्दै मैदानको दायाँ भागबाट अनिल गुरुङले प्रहार गरेको चिप बल किरणले सहजै नियन्त्रणमा लिए ।

Image

खेलमा धनगढीका कप्तान किरण चेम्जोङ प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।

इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका अशोक खवास चुनिए । उनले १० हजार प्राप्त गरे ।

यस जितसँगै धनगढीले ५ खेलमा १० अंक जोडेको छ ।

यस जितसँगै धनगढीले प्लेअफमा स्थान पक्का गरेको छ ।

May be an image of 1 person and standing

धनगढी प्रतियोगिताको प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । शीर्ष चार टोलीले प्लेअफ खेल्ने छन् ।

धनगढीसँग पराजित पोखराको भने प्लेअफ सम्भावना कमजोर बनेको छ ।

पोखरा ५ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

हेर्नुस भिडियाे : 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
चेल्सीलाई ट्रेबल उपाधि
चेल्सीलाई ट्रेबल उपाधि
umbro nepal
  • ताजा समाचार
  • खेल आज
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
नेपाल पहिलोपल्ट विश्वकप ग्लोबल छनोटमा
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
नेपालले टस जित्यो
नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP