काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को टिम धनगढी एफसीका फरवार्ड ओलावाले अफिजले चोट बोकेका छन् ।
लिगको पाँचौ चरणको खेलमा पोखरा थन्डर्सविरुद्धको खेलमा अफिजले चोट बोकेका हुन् ।
खेलको ३३ औं मिनेटमा उनी चोट बोक्दै मैदान छाडेका हुन् । बललाई पछ्याउँने क्रममा उनको ह्यास्ट्रिङमा समस्या देखिएको हो ।
उनको चोट कति गम्भिर भन्ने टुङ्गो लागेको छैन । तर उनले लिगको पाँचौ चरणको खेल भने गुमाएका छन् । उनलाई खेलमा दर्शन गुरुङले स्थानान्तरण गरेका छन् ।
अफिज लामो समय चोट मुक्त हुँदै मैदान फर्किएका हुन् । उनी पुरानै लयमा देखिन संघर्षरत थिए ।
तर एनएसएलको जारी लिगमा उनको प्रर्दशन उच्च छ । उनले पछिल्ला चार खेलमा चार गोल गरेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ताको दौडमा सबै भन्दा अघि छन् ।
अफिजलाई मुख्य फरवार्डको रुपमा राख्दै धनगढीले प्रतियोगिताको उपाधिमा दाबेदारिता प्रस्तुत गरेको छ । अफिजको चोटले धनगढीको अगाडीको यात्रा कठिन हुने देखिन्छ ।