एजेन्सी । स्पेनिस ला लिगा फुटबलले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र बार्सिलोनाको टिममाथि अनुसन्धान सुरु गरेको छ ।
कोरोना भाईरसको प्रोटोकल उलंघन गरेको विषयमा ला लिगाले मेस्सी र बार्सिलोनाको टिममाथि अनुसन्धान थालेको हो ।
कोरोना प्रोटोकल उलंघन गर्दै मेस्सीको घरमा टिमको लन्च मिटिङ बसेपछि ला लिगाले अनुसन्धान सुरु गरेको हो ।
क्याटलोनियामा कोरोनालाई मध्येनजर गर्दै ६ भन्दा बढीको भेटघाटमा रोक लगाईएको छ ।
तर, बार्सिलोना टिमका सदस्यहरुले प्रोटोकल उलंघन गर्दै मेस्सीको घरमा लन्च मिटिङ गरेको अधिकारीले लगाएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलका लागि बार्सिलोनाको टिम मिटिङ बसेको बताईएको छ ।
बार्सिलोनाले शनिबार एट्लेटिकोसँग प्रतिस्पर्धा गर्दैछ ।