श्रीलंकालाई टेस्ट सिरिज
एजेन्सी । घरेलु टिम श्रीलंकाले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।
केन्डीमा सोमबार दोस्रो टेस्टमा बंगलादेशलाई २ सय ९ रनले पराजित गर्दै श्रीलंकाले सिरिज १-० ले आफ्नो बनाएको हो ।
श्रीलंका र बंगलादेशबीचको पहिलो टेस्ट भने ड्र भएको थियो ।
श्रीलंकाले दिएको ४ सय ३७ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको बंगलादेश २ सय २७ रन जोड्दा अलआउट भएको थियो ।
बंगलादेशका लागि मुस्फुकर रहिमले ४० रन जोड्दा मेहदी हसन मिराजले ३९ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका प्रभिन जयविक्रमाले ५ विकेट लिए । रमेश मेन्डिसले ४ विकेट लिए ।
यस अघि दोस्रो इनिङ्समा श्रीलंकाले १ सय ९४ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गर्दा बंगलादेशले उच्च लक्ष्य पाएको थियो ।
श्रीलंकाले पहिलो इनिङ्समा ४ सय ९३ रन बनाएको थियो । उसका लाहिरु थिरिमानेले १ सय ४० र कप्तान दिमुथ करुनारत्नेले १ सय १८ रनको शतकीय इनिङ्स खेलेका थिए ।
बंगलादेश पहिलो इनिङ्समा २ सय ५१ रन जोड्दा अलआउट भएको थियो ।










%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)


-1769690582903.jpeg&w=3840&q=75)
