शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. निलम्बनबाट हट्ने कहिले ?

निलम्बनबाट हट्ने कहिले ?

२०२१ मे ३, सोमबारदिपेश तिमल्सिना

निलम्बनबाट हट्ने कहिले ?

काठमाठौं । अप्रिल २०१६ मा यूएईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले आन्तरिक विवादको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेको थियो ।

सरकारी हस्तक्षप र निर्वाचन प्रक्रियामा आपत्ती जनाउँदै आईसीसीले आर्टिकल २.९ अनुसार क्यानलाई निलम्बन गरेको थियो ।

क्यानमा सरकारको हस्तक्षेप रहेकाले संघको चुनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको आईसीसीको जिकिर थियो । संघको एक समूहले साधारणसभा गर्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यतानै दिएन । परिषद्ले क्यानको बेग्लै तदर्थ समिति गठन गरेको थियो ।

परिषद्ले तदर्थ समिति गठन गरेपछि निर्वाचित समूह अदालत पुग्यो । क्यानभित्रको आधिकारिता विवाद सर्वोच्चसम्म पुगेपछि आईसीसीले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यसपछि क्रिकेट संघ लामो समय नेतृत्व विहिन हुन पुग्यो । करिब तीन वर्ष नेतृत्व विहिन बनेको क्यानमा ०७६ असोज ११ गते अध्यक्षमा चतुरबहादुर चन्द सहितको नयाँ कार्यसमिति आयो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधान अनुसार आईसीसीको स्वतन्त्र कमिटिलाई नयाँ नेतृत्व लागि निर्वाचनको म्यानडेट दिएको थियो । र, निर्वाचन सम्पन्न समेत भयो ।

क्यानमा नयाँ कार्यसमिति आएसँगै क्यानमाथिको निलम्बन फुकुवा हुने विश्वास लिइएको थियो । नयाँ कार्यसमितिको पहिलो एजेन्डा नै क्यानलाई आईसीसीको निलम्बनबाट पूर्ण रुपमा फुकुवा गर्नु थियो ।

तर, करिब डेढ वर्ष समय बितिसक्दा समेत क्यान आईसीसीको निलम्बनबाट पूर्ण फुकुवा हुन सकेको छैन ।

आंशिक फुकुवा भएको क्यान अझै आईसीसीको पूर्ण फुकुवाको निर्णयको पर्खाईमा छ । क्यानको नयाँ कार्यसमितिले पूर्ण फुकुवाका लागि आईसीसीसँग बारम्बार पहल गरिरहेको क्यानका सचिव असोकनाथ प्याकुरेल बताउँछन् । उनले पूर्ण फुकुवाका लागि आईसीसीसँग बारम्बार पहल गरेको भएपनि फुकुवा हुन नसक्नुको कारण कोरोना महामारीलाई देखाए ।

यसअघि सचिव प्याकुरेलले बारम्बार विभिन्न मितिमा आईसीसीको बोर्ड बैठकले क्यानको फुकुवा सम्बन्धमा निर्णय गर्ने बताएका थिए । तर, पछिल्ला आईसीसीका केही बैठकमा भने क्यानको विषयमा कुनै एजेन्डानै पेश हुन सकेको थिएन । अब क्यानको आश जुनमा बस्ने आईसीसीको बोर्ड बैठकमा रहेको सचिव प्याकुरेल बताउँछन् ।

‘फुकुवाका लागि चाहिने जति सबै कागजात आईसीसीलाई पेस गरिसकेका छौ । आईसीसीको बोर्ड बैठक जुनमा बस्दैछ । सो बोर्ड बैठकले केही न केही क्यानको विषयमा निर्णय गर्नेछ ।’ उनले भने, ‘फुकुवाका लागि पालना गर्नु पर्ने विषय पालना गरि सकेका छौ । आईसीसीको बोर्ड बैठक सधै बस्दैन । निश्चित समय अवधिमा मात्रै बस्ने हो । क्यानमाथिको निलम्बनको विषयमा बोर्ड बैठकलेनै निर्णय गर्ने हो । त्यसैले पनि क्यानको विषय ढिलो भएको हो ।’

उनले थपे, ‘कोरोना महामारीले गर्दा पनि लामो समय कुनै पनि क्षेत्रलाई सहज रुपमा काम गर्न सक्ने वातावरण सृजना हुन सकेन । यसले निलम्बन फुकुवामा पनि ठुलो असर गरेको हो ।’

सचिव प्याकुरेलले क्यानले आयोजना गर्ने सबै प्रतियोगिताको रिपोर्ट आईसीसीलाई बुझाएपनि उमेर समूहको बाँकी रहेको जानकारी दिए । उनले जुनमा बस्ने आईसीसीको बोर्ड बैठक अघि उमेर समूहको प्रतियोगिताको रिपोर्ट बुझाइ सक्ने योजना भएपनि पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण असहज भएको बताए ।

‘हामीले महिला र पुरुषको प्रतियोगिता गरिसक्यौ । उमेर समूहको बाँकी छ । यसै महिनामा प्रतियोगिता आयोजना गर्ने भन्ने योजना थियो । तर, पछिल्लो समयको बढ्दो कोरोनाका कारण स्थगित भयो ।’ उनले भने, ‘अब क्यानको सबै गतिविधि स्थगित गरिएको छ । कोरोनाको अवस्था के हुन्छ, त्यसमा अबको योजना र गतिविधि निर्धारण हुन्छ ।’

क्यानले गत महिन मात्रै आईसीसीको डेभलपमेन्ट अवार्ड प्राप्त गरेको थियो । आंशिक निलम्बनमै रहेको नेपालले ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्राप्त गरेको थियो ।

कोरोना भाईरसको महामारीका दौरान पनि क्रिकेट विकासमा क्यानले गरेको पहल र कदमलाई उच्च मुल्यांकन गर्दै आईसीसीले ‘इनिसियटिभ अफ दि इयर’ अवार्ड प्रदान गरिएको जनाएको थियो । पछिल्लो समय क्यानले राम्रो गरेको मुल्याङ्कन गर्ने आईसीसीले पूर्ण फुकुवाको विषयमा भने कुनै निर्णय लिन सकेको छैन । नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको थियो ।

‘हामीले राम्रो काम गर्यौ । यस्तो समयमा पनि क्रिकेट र खेलाडीको विषयमा केही गर्न खोज्यौ भनेर नै आईसीसीले क्षेत्रीय अवार्ड दिएको होला । आईसीसीले पनि गरिरहेको काम कारवाहीलाई नियालीरहेको होला ।’ प्याकुरेलले भने, ‘कसैलाई पनि राम्रो गरिस् भनेर सम्मान गर्नुनै सबैभन्दा ठुलो र खुसीको विषय हो । यो खुसी समग्र नेपाली क्रिकेटको हो ।’

उनले आईसीसीले नेपाललाई नियालीरहेको र क्षेत्रीय अवार्डबाट सम्मानित हुनु नेपाली क्रिकेटका लागि शुभ संकेत रहेको बताए । उनले क्यानमाथिको पूर्व फुकुवाको निर्णयमा आईसीसीको अवार्डले केही टेवा पुर्याउने धारणा राखे ।

उनले भने, ‘हामीले क्षेत्रीय अवार्ड जितेर आईसीसी ग्लोबल अवार्डका लागि समेत छनोट भएका थियौ । यो शुभ संकेत पनि हो कि यसले क्यानमाथिको पूर्ण फुकुवामा केही फाइदा अवश्य पुग्ने छ । अर्को अर्थ के हो भने अहिले आईसीसी क्यानको कार्यप्रति सकरात्मक पनि छ भन्ने हो ।’

उनले क्यानले धेरै योजना बनाउँदै अघि बढेको भएपनि कोरोनाका कारण गर्न नसकिएको बताए । पछिल्लो समय तयारीमा रहेको मैत्रीपूर्ण खेलहरु कोरोनाकै कारण स्थगित गर्नु परेको उनको धारणा छ । कोरोनाका कारण नेपालले खेल्ने अन्तराष्ट्रिय खेल बारम्बार सर्नुले पनि केही असर परेको उनी बताउँछन् ।

 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

नेपाल ‘ए’ ले जित्यो सिरिज

नेपाल ‘ए’ ले जित्यो सिरिज

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई