शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

करातेलाई ‘वाइल्ड कार्ड’ मुस्किल

शुक्रबार, १७ बैशाख २०७८दिपेश तिमल्सिना
करातेलाई ‘वाइल्ड कार्ड’ मुस्किल
Loading ad...
mustang rice ad

काठमाडौं । ओलम्पिक छनोटको तयारीमा रहेको नेपाली कराते टोली पोर्चुगल प्रस्थानको तयारीमा थियो । अप्रिल ३० देखि मे ३ सम्म पोर्चुगलमा हुने कराते प्रिमियर लिगमा सहभागिता जनाउने नेपाली टोलीको कार्यक्रम थियो ।

तर, बढ्दो कोरोना भाइरसको संक्रमणका कारण नेपाली टोलीको यात्रा स्थगित भएको छ ।

नेपालका लागि १३ औं सागका स्वर्णधारीद्धय अनु अधिकारी र नविन रासाईलीले ओलम्पिक छनोटका लागि प्रशिक्षण गरिरहेका छन् ।

ओलम्पिक छनोटका लागि अनु र नविनले सँगै तयारी गरिरहेका भए पनि पोर्चुगलमा वरीयता सुधारका लागि आयोजना हुने प्रतियोगिताका लागि भने अनु अधिकारीको नाम मात्र दर्ता गरिएको थियो । प्रतियोगितामा विश्व वरीयतामा सयौं स्थानसम्म रहेका खेलाडीले आफ्नो वरीयता सुधारका लागि सहभागिता जनाउन पाउने थिए ।

तर, विश्व वरीयताको सयौं स्थानमा रहेका नविनले भने आफ्नो नाम दर्ता गराउन असफल भए ।

प्रतियोगिताका लागि आयोजकले १८ जनवरीदेखि अप्रिल १५ सम्म खेलाडी दर्ता मिति तोकेको थियो । विश्व वरीयताको सयौं स्थानमा रहेका खेलाडीले करिब तीन महिनाको समयमा आफ्नो नाम दर्ता गराइ सक्नु पर्ने थियो । तर, प्रतियोगिताको एक क्याटागोरीमा ६४ खेलाडीले मात्र नाम दर्ता गर्न पाउने नियम थियो ।

नविनले प्रतियोगितामा आफ्नो नाम दर्ता गराउन प्रयास नगरेका भने हैनन् । उनले प्रशिक्षक र संघसँग पनि आफ्नो नाम दर्तामा सहयोगका लागि पहल र प्रयास गरेका थिए । उनी आफैले पनि नाम दर्ता गर्न सक्थ्ये । तर, प्रतियोगितामा दर्ता शुल्क डलरमा थियो । जुन नविन आफैले मिलाउन सकेनन् ।

पोर्चुगलको प्रतियोगिताको महत्व कति ?

ओलम्पिक छनोटमा परेका खेलाडीलाई प्रशिक्षण दिँदै आएका प्रशिक्षक दिपक श्रेष्ठले यस प्रतियोगितालाई ओलम्पिक छनोट खेल्न पाउने ढोकाको रुपमा ब्याख्या गर्छन् । उनले प्रतियोगितालाई फ्रान्सको पेरिसमा जुनको १० र ११ तारिखमा आयोजना हुने ओलम्पिक छनोटको बाटोको रुपमा रहेको बताए ।

‘प्रतियोगितामा जान पाएको भए हाम्रा खेलाडीको वरियता बढ्ने थियो । अर्को कुरा खेलाडीले त्यो प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेको भए, ओलम्पिक छनोटका लागि ढोका खुल्न सक्थ्यो ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘सहभागिता जनाएको भए केही न केही हुन्थ्यो । तर सहभागितानै जनाउन पाएनौ ।’

उनले थपे, ‘ओलम्पिक छनोट खेल खेल्नु भन्दा पहिले हामीले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो वरियाता सुधार गर्नु पर्ने हुन्छ । हामी पोर्चुगलमा हुने प्रतियोगितामा गर्न सक्थ्यौ । तर कोरोनाका कारण केही गर्न सकेनौ ।’

प्रतियोगिता खेलाडीको विश्व वरियता सुधार गर्न पाउने एक उत्कृष्ट अवसर थियो । प्रतियोगितमा हारेपनि खेलाडीको प्रदर्शनलाई हेरेर ओलम्पिक छनोटमा सहभागिताका लागि अवसर पाउन सक्थे । तर, त्यो अवसर गुमाएको प्रशिक्षक श्रेष्ठले बताए ।

उनले प्रयास गर्दा गर्दै अन्तिममा असफल भएको जानकारी दिए । राम्रो तयारी हुँदा हुँदै कोरोनाका कारण एक ठुलो अवसर गुमाएको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

‘युरोपमा पनि बढ्दो कोरोना महामारीका कारण पोर्चुगलले निवेदन दिएका भिसाहरु रोकेको छ ।’ उनले भने, ‘प्रतियोगिता निर्धारित समयमै छ । समयमै भिजा चाहिन्छ भनेर प्रस्ताव गरेपछि गत शुक्रबार भिसा लिन आउनु भनेर सुचना आयो । तर, दिल्लीको फ्लाइटनै बन्द भइसकेको थियो ।’

छनोट खेल्न वरीयता पुग्दैन

जुनमा फ्रान्समा आयोजना हुने ओलम्पिक छनोटमा सहभागिता जनाउनका लागि नेपाली खेलाडीको वरीयता नै नपुग्ने प्रशिक्षक श्रेष्ठ बताउँछन् । उनले कोरोनाका कराण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाएकाले ओलम्पिक छनोटका लागि वरीयताले रोक्ने बताए ।

ओलम्पिक छनोट खेल्न खेलाडीको विश्व वरियता १० हुनुपर्छ । तर, ओलम्पिक छनोटमा रहेका खेलाडी दुबै टोलीको वरीयता पुग्दैन । उनीको वरीयता सयको वरिपरी छ । खेलाडीको वरीयता स्पोर्टस डाटाले निर्धारण गर्दै आएको छ ।

‘फ्रान्सका हुने ओलम्पिक छनोटमा सहभागी हुनका लागि हाम्रो खेलाडीको वरीयता पुग्दैन । किनभने छनोट खेल्न विश्व वरीयता १० भित्र हुनु पर्छ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘वरीयता २० भित्र परेकाले मात्र छनोट खेल्ने अवसर पाए भनेपनि हामी त्यो भित्र छैनौ । त्यसैले हाम्रा लागि छनोट खेल्न गाह्रो छ ।’

उनले छनोटका लागि खेलाडीको वरीयता नपुग्ने भएकाले नेपाली खेलाडीका लागि वाइल्ड कार्ड एक मात्र विकल्प रहेको बताए ।

सन् १९८४ देखि एसियन गेम्समा सहभागिता जनाउदै आएको कराते पहिलो पटक ओलम्पिकमा प्रवेश हुन लोगेको हो । ओलम्पिकमा कराते खेलाडीले महिला र पुरुष समान चार–चार विधामा प्रतिस्पर्धा गर्ने छन् ।

‘ओलम्किपमा करातेले पहिलो पटक सहभागिता जनाउन लागेको छ । त्यसैले थोरै विधा समावेश गरिएको छ ।’ श्रेष्ठले भने, ‘फाइटमा महिला पुरुष गरी समान तीन–तीन विधा र व्यक्तिगत कातामा समान दई महिला÷पुरुषले प्रतिस्पर्धा गर्ने छन् ।’

वाइल्ड कार्ड नै गाह्रो

नेपाली कराते टोलीको ओलम्पिक छनोट खेल्ने सम्भावना न्युन रहेपछि ओलम्पिकमा सहभागिता जनाउने अन्तिम विकल्प वाइल्ड कार्ड हो । तर, नेपाली खेलाडीका लागि वाइल्ड कार्ड पनि निकै गह्रो छ ।

‘वाइल्ड कार्ड पनि हाम्रा लागि निकै नै गाह्रो विषय छ । पहिलो पटक ओलम्पिकमा सहभागिता जनाउन लागेको करातेका लागि विश्वभरीबाट ४ वटा मात्रै वाइल्ड कार्ड छ । त्यसमा पनि दुई महिला र दुई पुरुष छन् ।’ श्रेष्ठले भने ।

ओलम्पिकमा सबै देशको सहभागिता होस् भन्ने हेतुले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले वाइल्ड कार्डको व्यवस्था गरेको हो । तर, त्यसमा पर्नका लागि आफ्नै नियम छ । वाइल्ड कार्डको अर्थ राम्रो खेलाडी अवसरबाट बन्चित नहोस् भन्ने रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् ।

‘वाइल्ड कार्डको अर्थ राम्रो खेलाडी अवसरबाट बन्चित नहुन भन्ने हो । त्यस्ता खेलाडीलाई अवसर दिनु नै वाइल्ड कार्ड हो ।’ उनले भने, ‘हाम्रो त त्यो अनुसारको खेलाडीको वरियता छैन । अब कसरी दिन्छ हेरौ ।’

छनोटमा उत्कष्ट प्रदर्शन गरेका तर आउट भएका र खेलाउनै पर्ने खेलाडीलाई आईओसीले वाइल्ड कार्डको अवसर दिने उनको बुझाई छ । ओलम्पिकमा करातेतर्फ सिमित वाइल्ड कार्ड अवसर रहेकाले दक्षिण एसियामा पाकिस्तानी खेलाडीले पाउने सक्ने उनले बताए ।

‘वाइल्ड कार्ड पनि सिमित छ । पाकिस्तानी खेलाडीले दक्षिण एसियाबाट पाउन सक्ने धेरै आधार छ । उनीहरु विश्व वरीयताको १२ औं स्थानमा छन् ।’ उनले भने, ‘पाकिस्तानका खेलाडीले छनोटमा भने सहभागिता जनाउन पाउने÷नपाउनेमा शंका छ । मलाई जानकारी भए अनुसार आइओसीले पाकिस्तानी खेलाडीलाई नजरमा राखेको छ । किनभने सागको भिडियो फुटेजहरु आइओसीले मागेको थियो । भिडियो फुटेज माग्नुको कारण आईओसीले निगरानी गरिरहेको बुझ्न सकिन्छ ।’

ओलम्पिक छनोटमा रहेका खेलाडीको प्रशिक्षण एनओसीले नरोक्ने निर्णय गरेको छ । यसै वर्ष जापानको टोकियोमा आयोजना हुने ओलम्पिक नरोकिने भएपछि एनओसीले पनि ओलम्पिक छनोटमा परेका आफ्ना खेलाडीको प्रशिक्षण नरोक्न निर्देशन दिएको करातेका प्रशिक्षक श्रेष्ठले जानकारी दिए । उनले बढ्दो कोरोना महामारीलाई हेरेर यसअघिको सन्ध्याकालिन प्रशिक्षण स्थगित गरिएको बताए । तर, बिहानको प्रशिक्षण नियमित हुने श्रेष्ठले जानकारी दिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युएईमाथि शतप्रतिशत जित

युएईमाथि शतप्रतिशत जित

लिग २ मा सन्दीपको १०० विकेट

लिग २ मा सन्दीपको १०० विकेट

ओचोआले विश्वकपपछि सन्न्यास लिने

ओचोआले विश्वकपपछि सन्न्यास लिने

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

माइनूको युनाइटेडसँगको सम्झौता ५ वर्ष थप

अपिल हारेमा मुद्रिकले  युरोपियन च्याम्पियनसिप गुमाउने

अपिल हारेमा मुद्रिकले युरोपियन च्याम्पियनसिप गुमाउने

 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो