एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले घरेलु मैदानमा ग्रानडासँग खेल्नेछ । बार्सिलोना र ग्रानडाबीचको खेल राति १०:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना घरेलु मैदानमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
घरेलु मैदानमा जित निकालेमा बार्सिलोना शीर्ष स्थानमा उक्लने छ ।
बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
बार्सिलोना ३२ खेलमा ७१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानको एट्लेटिकोको ७३ अंक रहेको छ ।
ग्रानडा पनि बार्सिलोनालाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
ग्रानडा ४२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।