एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले आफ्नो क्यारियर बार्सिलोनामै समाप्त गर्ने विश्वास व्यक्त गरे ।
मेस्सीले बार्सिलोना भन्दा राम्रो क्लब नपाउने भन्दै उनले ला लिगामै आफुलाई जारी राख्नु पर्ने धारणा व्यक्त गरे ।
मेस्सी यस सिजनको अन्त्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) वा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जान सक्ने चर्चा चलेको छ । रिपोर्टमा उल्लेख भए अनुसार पीएसजी मेस्सीसँग हस्ताक्षर गर्न सकारात्मक रहेको बताइएको छ ।
बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका गार्डियोलाले भने, ‘मलाई आशा छ, मेस्सीले बार्सिलोनामा आफ्नो करियार समाप्त गर्न सक्ने छन् । मेस्सीले बार्सिलोना भन्दा राम्रो क्लब भेट्टाउने छैनन् ।’
पेप गार्डियोलाले २००८ देखि २०१२ सम्म बार्सिलोनाको मुख्य प्रशिक्षकको रुपमा क्याम्प नाउमा बिताएका थिए । उनले मेस्सीसँगै तीन ला लिगा र दुई यूईएफए च्याम्पियन लिगको उपाधि जिताएका थिए ।