एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज म्यानचेस्टर युनाईटेड र रोमाबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्लिस क्लब युनाईटेड र इटालियन क्लब रोमाबीचको खेल ओल्ड ट्राफोर्डमा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
युनाईटेड घरेलु मैदानमा जित निकाल्दै फाइनल नजिक पुग्न चाहन्छ ।
यस्तै रोमा पनि घरेलु टोलीलाई हराएर फाइनलको नजिक पुग्न चाहन्छ ।
अर्को इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भिल्ला रियलसँग खेल्नेछ ।
भिल्ला रियलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
आर्सनल घरेलु टोलीलाई हराउने योजनामा हुनेछ ।
घरेलु टिम समेत आर्सनललाई हराएर फाइनल यात्रा सहज बनाउन चाहन्छ ।