बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

रामविनय दुई स्पर्धाको सेमिफाइनलमा

आइतबार, १२ बैशाख २०७८खेलपाटी संवाददाता
रामविनय दुई स्पर्धाको सेमिफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका रामविनय श्रेष्ठ बाह्रौं सार्वजनिक संस्थान राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको पुरुष सिंगल्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगितामा रामविनयले नागरिक लगानी कोषका पुरुषोत्तम पौडेललाई २१–१५ र २१–८ को सोझो सेटमा पराजित गरे । त्यसअघि रामविनयले औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका रामबहादुर तामाङलाई २१–११ र २१–१८ को सीधा सेटमा हराएका थिए ।

सोही स्पर्धामा कृषि विकास बैंकका टक्कर कुँवरले नेपाल विद्युत प्राधिकरणका सरोज तामाङलाई ११–२१, २१–१६ र २१–१८, विद्युतका टेकबहादुर बुढाले राष्ट्रिय वाणिज्य बैंकका गोरखबहादुर शाहीलाई २१–१ र २१–१३ तथा वाणिज्यका गुप्ता केसीले विद्याुतका रत्न श्रेष्ठलाई ११–२१, २१–१९ र २१–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला सिंगल्समा बिमा संस्थानकी सविना श्रेष्ठले वाणिज्यकी पुष्पाकुमारी खनाललाई १५–२१, २१–१३ र २१–११ तथा वाणिज्यकी दुर्गाकुमारी कँडेलले नेपाल वायु सेवा निगमकी सविना बस्नेतलाई २१–१५ र २१–१८ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा रामविनय पुरुष भेट्रान ४५ वर्षमाथि डबल्समा पनि सेमिफाइनलमा पुगेका छन् । रामविनयले जनक भारतीसंग मिलेर वाणिज्यका विश्वप्रसाद दाहाल र लालबहादुर थापाको जोडीलाई १८–२१, २१–१८ र २१–१८ को सेटमा पन्छाए । उक्त स्पर्धामा एभरेष्ट बैंक लिमिटेडका सन्तोष भट्टराई र पुष्पराज उप्रेती तथा विद्युतका उमेशकुमार भण्डारी र विष्णु मास्केको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष डबल्समा मुक्तिनाथ विकास बैंकका थानेश्वर अर्याल÷प्रेम थापा तथा विद्युतका भूपेन्द्र बिसी÷प्रितम बस्नेत, विष्णु मास्के÷सरोज तामाङ र राजु महर्जन÷लोकेन्द्रबहादुर साउदको जोडीले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान बनाए ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गर्दै कर्पोरेट क्षेत्रले खेलकुदको विकास र विस्तारमा ठूलो टेवा पु¥याउन सक्ने धारणा व्यक्त गरे ।

पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी विगतमा विविध खेल समावेश गर्दै बृहत प्रतियोगिता आयोजना गर्ने गरेकोमा यसपटक ब्याडमिन्टन मात्रको प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगितामा १२ संस्थाका ७० खेलाडीले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख २२ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा