एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
युनाईटेडले लिड्ससँग उसैको मैदानमा खेल्नेछ । लिड्स र युनाईटेडबीचको खेल ६:४५ बजे सुरु हुनेछ ।
युनाईटेड घरेलु टोलीलाई हराएर शीर्ष दुईको यात्रा यथावत राख्न चाहन्छ ।
युनाईटेडले ३२ खेलमा ६६ अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा रहेको छ ।
यत, लिड्स भन्दा घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
लिड्स ४६ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले बर्नलीसँग खेल्नेछ ।
त्यस्तै एस्टन भिल्लाले वेस्ट ब्रुमसँग खेल्नेछ ।