एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले भिल्लासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेलमा राति ८ बजे सुरु हुनेछ ।
बार्सिलोना आज भिल्लालाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ । भिल्लालाई हराएर बार्सिलोनालाई त्यो मौका समेत रहेको छ ।
तर, बलियो टिम भिल्लाविरुद्ध जित निकाल्न बार्सिलोनालाई सहज भने हुने छैन ।
बार्सिलोना ३१ खेलमा ६८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
भिल्ला ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ ।
सेल्टा भिगोले ओसासुनासँग खेल्दा हुएस्काले गेटाफेसँग खेल्नेछ ।