• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
शीर्ष स्थानमा रहदै नेपाल फाइनलमा
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ९, २०७८ खेलपाटी संवाददाता
शीर्ष स्थानमा रहदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो । पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो ।

अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए । अर्का ओपनर अरुदिनलाई सोमपालले नै आफ्नो स्पेलको दोस्रो ओभरमा कटविहाइन्डमा करण केसीको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि मैदानमा आएका कप्तान अहमद फाइज र विरन्दिप सिंहले मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, कप्तान फाइज आठौं ओभरको दोस्रो बलमा आउट हुन पुगे । उनी सुशन भारीको बलमा लङअनमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका थिए । फाइजले २१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३१ रनको योगदान दिएका थिए ।

No description available.

चौथो विकेटको रुपमा मलेसियाले शर्विन मुनियान्दीलाई गुमायो । ३ रनमा खेलिरहेका उनी कमल सिह ऐरीको बलमा एलबिडब्लु आउट भए । यो कमलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो ।

पाँचौ विकेटको रुपमा विरन्दीप सिंह आउट भए । उनलाई कमलले नै गरेको नवौं ओभरको अन्तिम बलमा गरेको लामो सटमा आसिफले शेखले क्याच गर्दै पेभिलियन फर्काएका थिए । उनले १८ बलमा २ चौका सहित १३ रनको योगदान दिए ।

त्यसपछि मैदान आएका अमिनुद्धीन राम्ली र अइनुल हाफिजले मलेसियाको इनिङ सम्हाले । अमिनुद्धीन र आफिजले ५० रनको साझेदारी गरे । तर, अमिनुद्धीन १४ औं ओभरको तेस्रो बलमा लङअफमा क्याच आउट हुन पुगे । उनी सन्दीप लामिछानेको ओभरमा लामो सट खेल्ने चक्करमा सोमपाल कामीको हातबाट क्याच हुन पुगेका थिए ।

No description available.

अमिनुद्धीनले सर्वाधिक ४१ रनको योगदान दिए । उनले मात्र १८ बलको सामना गर्दै १ चौका र ५ छक्का सहित ४१ रन जोडेका हुन् । फित्रि शामले १४ रन जोडे । उनी सन्दीपको स्पेलको चौथो ओभरको पहिलो बलमा नै सन्दीप स्वयमले क्याच गर्दै फित्रिलाई सातौ विकेटको फेभिलियन फर्काएका थिए ।

सोही ओभरको पाँचौ बलमा सन्दीपले अइनुल हाफिजलाई बोल्ड आउट गर्दै मैदान बाहिर पठाए । मलेसियाका लागि आठौं विकेटको रुपमा मैदानबाट बाहिरिएका हाफिजलले ११ रन जोडे । धिरेन्द्रन मोगन २, मुहम्मद वाफिक १२ रनमा आउट हुँदा अनवर रहमान २ रनमा अविजित रहे ।

नेपालका लागि प्लेयर अफ दि म्याच बनेका सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए । सोमपालले चार ओभर बलिङ गर्दै मात्र २० रन खर्चेर तीन विकेट लिएका हुन् ।

समान ओभर बलिङ गर्दै सन्दीपले ४२ रन खर्चेर तीन विकेट लिएका थिए । कमलले ३.१ ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । त्यस्तै सुशन भारीले एक विकेट लिए ।

No description available.

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेललाई मोहम्मद आफिकले गरेको पाँचौ ओभरको पहिलो बलमा स्लिपमा रहेको साद अजिजले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।

कुशलले १२ बलमा २ छक्का सहित १६ रनको योगदान दिए ।

त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए । तर, उनी १२ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने चक्करमा लङअनमा क्याच आउट हुन पुगे ।

अनवर रहमानको बलमा लङनमा रहेका मोहम्मद वाफिकले क्याच गर्दै मल्ललाई पेभिलियन फर्काएका थिए । मल्लले २५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडे ।

No description available.

सोही ओभरमा नेपालले तेस्रो विकेटको रुपमा ओपर शेखलाई गुमायो । आसिफ पाँचौ बलमा एलबीडब्लुको सिकार बन्न पुगे । ३२ बल खेलेका आसिफले समान ३ चौका र छक्काको मद्दतमा ४२ रनको योगदान दिएका थिए ।

चौथो विकेटको रुपमा नेपालले विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीलाई गुमायो । ८ रनमा खेली रहेका भण्डारी १६ औं ओभरको दोस्रो बलमा लामो सट खेल्ने चक्करमा लङअनमा शर्विन मुनियान्दीले क्याच गरेका थिए ।

पाँचौ विकेटको रुपमा उपकप्तान दिपेन्द्र सिंह ऐरी पेभिलिनय फर्किए । उनी १६ औं ओभरको चौथो बलमा कभरका कट विहाइन्ड आउट भएका थिए । ऐरीले १७ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३३ रन जोडे ।

छैटौं विकेटको रुपमा मैदानबाट बाहिरिएका करण केसीले निकै नै आक्रमक ब्याटिङ गर्दै ४५ रन जोडे । उनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन जोडेका थिए । करण साद अजिजले गरेको अन्तिम ओभरको पहिलो बलमा क्याच हुँदै पेभिलियन फर्किएका थिए ।

No description available.

त्यसपछि मैदान आएका सोमपाल कामी दुई रनमा एलबीडब्लु आउट भए । कुशल मल्ल १० रनमा २ छक्का सहित १९ रनमा अविजित रहे ।

मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए ।

अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।

नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोड्यो ।

मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

No description available.

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
वैभवले छुए धोनीको खुट्टा !
वैभवले छुए धोनीको खुट्टा !
दिल्लालाई जित्नैपर्ने दबाब
दिल्लालाई जित्नैपर्ने दबाब
धोनीको टी–२० मा ३५० छक्का पूरा
धोनीको टी–२० मा ३५० छक्का पूरा
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
साँझ स्वदेश फर्किँदै नेपाली महिला टोली
अन्तिम खेलमा नेपालको फराकिलो हार
अन्तिम खेलमा नेपालको फराकिलो हार
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
इतिहास बनाएर फर्कियो महिला टोली
इतिहास बनाएर फर्कियो महिला टोली
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुुभाषलाई रोक्न अन्तरिम आदेश
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
घनश्यामसहित ४ खेलाडीको नाम प्रो कबड्डीको अक्सनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP