शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला भलिबलका दुई स्टार

सोमबार, ०६ बैशाख २०७८गिता राई
महिला भलिबलका दुई स्टार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालको महिला भलिबल स्वर्णीम समयबाट गुज्रिरहेको छ । घरेलु लोकप्रियता र अन्तराष्ट्रिय सफलताले महिला भलिबललाई नयाँ उचाई दिएको छ ।

गत वर्ष महिला भलिबलले दुई ऐतिहासिक पदक जित्यो । बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनमा महिला टिमले स्वर्ण पदक जित्यो । १३ औं सागमा ऐतिहासिक रजत पदक हात पार्यो । सागको फाईनल खेलमा २–० सेटको अग्रतालाई जोगाउन नसक्दा महिला टिमले उपाधि भारतीय टिमलाई सुम्पिएको थियो ।

नेपालको परिदृष्यमा भलिबल खेल मात्र हैन, खेलाडी पनि उत्तिकै लोकप्रिय र सफल छन् । महिला भलिबल खेलाडीले प्राप्त गरेको सफलतामा केही खेलाडीको योगदान विशेष छ । समकालिन नेपालको महिला भलिबलमा दुई खेलाडी अझ उत्कृष्ट छन् । ती दुई अनुहार सरस्वती चौधरी र प्रतिभा माली हुन् ।

सरस्वती विभागीय टिम एपीएफबाट खेल्छिन्, प्रतिभा न्यु डायमण्ड एकेडेमीकी स्टार हुन् । विभागीय टिम एपीएफले प्राप्त गरेको सफलताकी मुख्य नायक सरस्वती हुने गर्छिन् । महिला भलिबलमा न्यु डायमण्ड जति लोकप्रिय छ, त्यसको जस प्रतिभालाई नै जान्छ । सरस्वती र प्रतिभाकै कारण एपीएफ र न्यु डायमण्ड घरेलु भलिबलमा चिरप्रतिद्धन्दी बनेका छन् । दुवैको प्रर्दशनमा क्लबको नतिजा निर्भर हुने गर्छ । जब सरस्वतीको फर्म खस्किन्छ, प्रतिभा सम्मिलित न्यु डायमण्ड च्याम्पियन भैहाल्छ । प्रतिभाको खेल नराम्रो बन्दा त्यसको प्रत्यक्ष फाईदा एपीएफलाई पुग्छ । यही रोमाञ्चकताले महिला भलिबल थप लोकप्रिय र प्रतिस्पर्धात्मक बनाएको छ ।

No description available.

दुवै अग्लो कदका खेलाडी हुन् । दुवै ओपन स्पाईकर । उत्तिकै शक्तिशाली प्रहार गर्छन् । जब दुवैको खेल आम दर्शकले हेर्छन्, खेलमा आफुलाई पाउँछन् । दुवै खेलाडी उत्तिकै लोकप्रिय छन् । सम्भवत महिला भलिबलले पाएका राम्रा खेलाडीमा सरस्वती र प्रतिभा पर्छन् । सरस्वती र प्रतिभाको खेल कौशल र लोकप्रियताले महिला भलिबललाई थप उचाई दिएको छ । नयाँ पुस्ताका खेलाडीले दुवैलाई आइडल मान्छन् । त्यसैले दुवै खेलाडी नेपाली महिला भलिबलका स्टार हुन् ।

सरस्वती चौधरी -

घरेलु खेलकुदमा सुदुरपश्चिमले धेरै राम्रा राम्रा खेलाडी दिएको छ । त्यसैको एक उदाहरण सरस्वती चौधरी हुन् । २०५२ सालमा जन्मिएकी सरस्वतीले राष्ट्रिय टिमबाट सन् २०१४ मा डेब्यु गरेकी थिईन् । एपीएफ क्लब तथा राष्ट्रिय महिला भलिबल टिमकी भरपर्दाे स्पाइकर सरस्वतीले आफुलाई नेपाली भलिबलमा स्थापित गर्न सफल छिन् । २५ वर्षकी सरस्वतीले खेलसँगै पढाईलाई पनि निरन्तरता दिइरहेकी छिन् । उनी बीबीएस चौंथो वर्षमा संकरदेव क्याम्पसमा अध्ययनरत छिन् ।

विभागीय टिम एपीएफका मुख्य प्रशिक्षक महेश चौधरी सरस्वतीको खेलमा निकै सुधार आएको बताउँछन् । ‘प्राय सरस्वतीको सबै राम्रै छ । उसको कमजोरी भनेको रिसिभमा छ । ट्रेनिङ गरिरहेका छौ । एनभीएको प्रर्दशनमा भन्दा निकै सुधार आएको छ ।’ उनले सरस्वतीको पछिल्लो अवस्थाबारे खेलपाटीसंग भने ।

No description available.

तौल घटाउनका लागि सरस्वतीले खाना नखाएका कारण खेल प्रदर्शन कमजोर बनेको प्रशिक्षक महेश बताउँछन् ।

‘लकडाउनमा ७–८ केजी तौल बढेको थियो । त्यहीं घटाउनका लागि खाना नखाएको रहेछ । खाएर तौल घटाउनु र नखाई तौल घटाउनुमा धेरै फरक हुन्छ । यसो गर्दा छिटो थकाई लाग्छ । कमजोर भएका कारण प्रदर्शन पनि राम्रो भएन ।’ उनले भने ।

घरेलु भलिबलका प्राय प्रतियोगितामा व्यक्तिगत स्पर्धामा सर्वोकृष्ट बन्दै आएकी सरस्वतीले विभागीय टिमका लागि धेरै उपाधि जितेकी छिन् । तर उनलाई २०७० सालमा प्राप्त एनएसजेएफ पल्सर सर्पाेट्स अर्वाड सबैभन्दा प्यारो र विशेष लाग्छ ।

प्रतिभा माली -

नेपालको महिला भलिबलले प्राप्त गरेको उत्कृष्ट खेलाडी मध्यकी एक हुन्, प्रतिभा । २०५८ साल असार २२ गते जन्मिएकी प्रतिभाले २०६४–६५ सालबाट भलिबल खेल्न सुरु गरेकी हुन् । कक्षा दुईमा पढ्दै गर्दा भलिबल खेल्न सुरु गरेकी उनी त्यो समय मात्र ७ वर्षकी थिईन् । सानै उमेरमा आफुलाई भलिबलमा पोख्त बनाएकी प्रतिभाले १३ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिईन् ।

जति चुचुरोमा पुग्न सजिलो हुन्छ, त्यसमा टिकेर बस्न अझ गाह्रो हुन्छ । तर प्रतिभाले राष्ट्रिय टिमबाट डेब्यु मात्र गरिनन्, आफुलाई नियमित राष्ट्रिय टिममा राख्न सफल भएकी छिन् । उनको खेल मात्र नभएर पढाईपनि उत्तिकै राम्रो छ । प्रतिभा गोल्डेनगेट कलेजमा स्नातक बीबीएस प्रथम वर्षमा अध्ययनरत छिन् । उनी ‘ए’ ग्रेड भन्दा तल झर्दिनन् । ए प्लस छुन खोज्छिन्, पढाई राम्रो छ ।

भलिबलका सबै पक्षमा राम्रो भएकी प्रतिभा जस्ता खेलाडी विरलै भेटिन्छन् । भलिबलका हरेक पक्षमा प्रतिभा पोख्त छिन् । 

No description available.

‘उसमा कमी भन्ने छैन तर पछिल्लो समय टिममा संयोजन नमिल्दा सबै भार उसैले बोक्नु परेको थियो । बेला बखतमा तनाब लिने गर्छिन् तर अहिले त्यो पनि हट्दै गएको छ ।’ न्यु डायमण्डका प्रशिक्षक कुमार राईले खेलपाटीसंग भने ।

‘उनले बच्चादेखि खेलेर होला, खेललाई मनोरञ्जनको रुपमा लिने र हाँस्दै रमाइलो गर्दै खेल्ने गर्छिन् । हार, जितको महसुस नै नहुने, हार्दा पनि हाँसिरहने, हामीले यति अंक ल्यायौ भन्दै रमाइलो गर्दै हाँस्ने गर्छिन् ।’ उनले भने ।

प्रशिक्षक राईले प्रतिभाको नआत्तिने र ठण्डा दिमागले खेल्ने बानी सबैभन्दा राम्रो पक्ष भएको बताए । ‘सानै उमेरमा खेल्ने खेलाडी भयो भने जित, हार भनेर थाहा नहुने रहेछ । त्यसले गर्दा मनमा डर पनि नहुने । कुल माइण्डले खेल्ने, नआत्तिकन र एकदमै दिमागको प्रयोग गर्ने बानी प्रतिभाको सबैभन्दा राम्रो पक्ष हो ।’ उनले भने ।

प्रतिभाले समेत प्रायजसो प्रतियोगिताको व्यक्तिगत स्पर्धामा उत्कृष्ट खेलाडीको उपाधि हात पार्ने गरेकी छिन् । केही हप्ता अघि सम्पन्न एनभीए क्लब च्याम्पियनसिपमा पनि सर्वाेत्कृष्ट खेलाडीको अवार्ड प्रतिभाले हात पारेकी थिईन् । उनले नेपालमा मात्र नभएर विदेशमा पनि आफ्नो खेल कौशल प्रर्दशन गरेकी छिन् । उनी माल्दिभ्सको घरेलु लिगमा समेत ‘मोस्ट भ्यालुएबल प्लेअर’ चुनिएकी थिईन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने