बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

किरण धनगढी एफसीको 'आइकोनिक' खेलाडी

बिहिबार, ०२ बैशाख २०७८खेलपाटी संवाददाता
किरण धनगढी एफसीको 'आइकोनिक' खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी फुटबल क्लबले किरण चेम्जोङलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्धन गरेको छ ।

धनगढीले बुधबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टिमका कप्तान किरणलाई आइकोनिक खेलाडीको रुपमा सार्वजनीक गरेको हो ।

पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलिरहेका किरण पहिलो संस्करणको एनएसएल धनगढीबाट खेल्ने पक्का भएको हो ।

उनी गत सिजन आईलिगकै उत्कृष्ट खेलाडी घोषित बनेका थिए । किरणकै नेतृत्वमा नेपालले भर्खरै थ्री नेसन्स कपको उपाधि जितेको थियो ।

धनगढीले मार्की खेलाडीको रुपमा विशाल राईलाई अनुबन्धन गरिसकेको छ ।

टिमको प्रशिक्षकमा युगल किशोर राई रहने क्लबले जनाएको छ । राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य राईले एएफसीकाे ए लाईसेन्स प्राप्त समेत गरेका छन् । 

ग्रो ड्रिमर्सको स्वामित्व रहेको धनगढी एफसीका मालिक सुबास शाही हुन् । धनगढीले अक्सनमार्फत १४ खेलाडी क्लबमा अनुबन्धन गरिसकेको छ । टिमले तोपे फुजालाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्धन गरिसकेको छ ।

किरणको आगमनसंंगै एनएसएलमा क्लबले उत्कृष्ट प्रर्दशन गर्ने मालिक सुवास शाहीले बताए । आफ्नो क्लबमा हट केकलाई अनुबन्ध गर्न पाउँदा उनले निकै खुसी व्यक्त गरे । उनले किरणको आगमनले टोली निकै बलियो र प्रतिस्पर्धी बन्नेमा विश्वस्त रहेको बताए ।

प्रशिक्षक राईले नयाँ फुटबल बिकाशका लागि फ्रेन्चाइजी सुरुवात भएकाले आफ्ना लागि पनि च्यालेन्ज रहेको बताए । उनले समय छोटो रहेकाले धर्यका साथ आफ्नो टोली राम्रो बनाउने लक्ष्य राखेकाे बताए ।

उनले भने, ‘आइकोनिक खेलाडीमा किरण र मार्की खेलाडीमा विशाल छन् । हामीसँग अब तयारी पनि कम छ । तर, हामी राम्रो फुटबल खेल्ने प्रयास गर्ने छौ । फुजासँगै मिलेर काम गर्ने छौ ।’

धनगढी एफसीको आइकोनिक खेलाडीमा अनुबन्ध भएपछि गोलरक्षक किरणले आफु ५ वर्षपछी घरेलु लिगमा फर्किन लागेको बताए । उनले लामो समयपछि घरेलु लिगमा फर्किन पाउँदा निकै उत्साहित भएको बताए ।

फ्रेन्चाइजले नेपाली फुटबलमा नयाँ मोड ल्याएको उनको बुझाइ छ । उनले अर्को समय लिग लामो समय र क्वालिटीको हुनेमा विश्वास व्यक्त गरे ।

उनले भने, ‘टोलीमा बिदेशी खेलाडी झनै राम्रो होस् । हाम्रो लक्ष्य सबै खेल जित्ने हुनेछ । तर, तयारीका लागि समय थोरै छ । कोरोनाको समयमा पनि प्रतियोगिता खेल्न पाएकोमा निकै खुसी छौ ।’

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

अर्को चार वर्ष ब्राजिलकै टोलीसँग बस्ने तयार एन्सेलोट्टी

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार