एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारले आफ्नो चाहना पोकर खेलाडी बन्ने रहेको बताएका छन् ।
ब्राजिलियन स्टार नेयमारले फुटबलबाट सन्यास लिएपछि आफु व्यवसायिक पोकर खेलाडी बन्ने बताएका हुन् ।
२९ वर्षीय नेयमारले २०१४ को विश्वकप दौरानबाट पोकर खेल्न सुरु गरेका थिए । नेयमारले पोकरमा आफुलाई स्थापित समेत गर्दै गइरहेका छन् ।
'पक्कै पनि सत्य हो, जुन चिज म धेरै गर्न चाहन्छु,' पोकर खेलाडी बन्ने इच्छाबारेको प्रश्नमा नेयमारले भनेका छन् ।

नेयमारले आफु फुटबलपछि पोकर खेलमै लाग्ने समेत बताए ।
'म धेरै सहज महसुस गर्छु र मलाई लाग्छ कि फुटबलपछि म प्रतियोगिता खेल्न सक्षम हुनेछु । म सहभागिता जनाउन चाहन्छु,' उनले भने ।
नेयमारले बार्सिलोनामा आफुले जेरार्ड पिकेसँग खेल्ने गरेको र अहिले गोलकिपर नाभाससँग खेल्दै आएको समेत बताए ।