एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ४-२ को नतिजासहित सिटी अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा सिटीले डर्टमण्डलाई २-१ गोल अन्तरले नै हराएको थियो ।
डर्टमण्डको मैदानमा भएको दोस्रो लेगमा भने सिटीले पुनरागमन जित निकालेको हो ।

खेलको १५ औं मिनेटमा जुड बेलिङघमले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा सिटी खेलमा फर्कियो ।
खेलको ५५ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
यस जितसँगै सिटी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
सिटीले अब सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नेछ ।
