एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
रियलले लिभरपुलमाथि समग्रमा ३-१ को जित निकालेको हो । पहिलो लेगमा निकालेको ३-१ गोलको जितको कारण रियल सेमिफाइनलमा पुग्न सफल भएको हो ।

एनफिल्डमा भएको दोस्रो लेगमा दुबै टोलिले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण कुनै गोल निस्किएन् ।
रियलका लागि दोस्रो लेग खेलमा बराबरीको नतिजाले पुग्ने थियो । तर, घरेलु टोलीलाई उत्कृष्ट पुनरागमन गर्नु पर्ने थियो ।
बल पोसेसनमा पकड जमाएपनि लिभरपुलले दोस्रो लेगमा गोल गर्न सकेन । र, लिभरपुल प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
रियलले पछिल्लो पाँच भेटमा लिभरपुलविरुद्धको खेल गुमाएको छैन ।

यस्तै रियलले च्याम्पियन्स लिगमा सन् २०१६ पछि पहिलो पटक गोलरहित बराबरी खेलेको हो ।
यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।
अब रियलले सेमिफाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ ।
चेल्सी पोर्टोलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
