एजेन्सी । चेक रिपब्लिकको क्लब स्लाभिया प्रागका डिफेन्डर ओन्द्रेज कुडेलालाई १० खेलको प्रतिबन्ध लागेको छ ।
युरोपा लिग फुटबलको दौरान रेन्जर्सका मिडफिल्डर ग्लेन कामरालाई रंगभेदीय दुर्व्यवहार गरेपछि यूईएफएले कुडेलालाई १० खेलको प्रतिबन्ध गरेको हो ।
गत मार्चमा भएको अन्तिम १६ को दोस्रो लेग दौरान कुडेलाले कामरालाई दुर्व्यवहार गरेका थिए । उक्त खेल स्लाभियाले २-० ले जित्दै समग्रमा ३-१ को जित निकालेको थियो ।
यस्तै यूईएफएले कामरालाई पनि ३ खेलको प्रतिबन्ध लगाएको छ ।
यूईएफएले रेन्जर्सका स्ट्राइकर केमार रुफलाई समेत ४ खेलको प्रतिबन्ध लगाएको छ ।