एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ ।
स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ । रियल र लिभरपुलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एनफिल्डमा रियल जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगको जितको कारण रियललाई केहि सहज समेत हुनेछ ।
घरेलु मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले हराएको थियो ।
तर, लिभरपुललाई भने घरेलु मैदानमा उत्कृष्ट पुनरागमन गर्नु पर्नेछ । बलियो टिमविरुद्ध लिभरपुललाई सहज भने छैन ।
यस खेलको विजेताले सेमिफाइनलमा चेल्सीसँग खेल्नेछ ।
लिभरपुलविरुद्ध रियलका कप्तान सर्जियो रामोसले खेल्ने छैनन् । उनी कोरोना भाइरसको संक्रमणको कारण टिम बाहिर रहेका छन् ।
अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।
प्रिमियर लिगको लिग लिडर सिटी डर्टमण्डलाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।
डर्टमण्ड पनि सिटीलाई हराएर अर्को चरणमा पुग्न चाहन्छ ।
पहिलो लेगमा सिटीले २-१ को जित निकालेको थियो ।