सान्चोले सिटीविरुद्धको खेल गुमाउने
बुधबार, ०१ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । बोरुसिया डर्टमण्डका विंगर जाडोन सान्चोले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने भएका छन् ।
डर्टमण्डले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बुधबार राति सिटीसँग खेल्दैछ ।
तर, चोटका कारण मैदान बाहिर रहदै आएका सान्चो डर्टमण्डको टिममा हुने छैनन् ।
इंग्ल्यान्डका २१ वर्षीय विंगर सान्चो थाइ इन्जुरीको कारण टिम बाहिर रहदै आएका छन् ।
सान्चो टिमको प्रशिक्षणमा फर्किएपनि खेलमा लागि योग्य भईनसकेको बताईएको छ ।
डर्टमण्डका अन्तरिम प्रशिक्षक इडीनले सान्चोले सिटीसँगको खेल नखेल्ने पुष्टि गरेका छन् ।
सिटी सान्चोको पूर्व क्लब समेत हो ।
क्वाटरफाइनलको पहिलो लेगमा सिटी २-१ ले विजयी भएको थियो ।













