एजेन्सी । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेगमा पोर्टोसँग पराजित भएपनि चेल्सी समग्रमा जित निकाल्दै सेमिफाइनलमा पुगेको हो ।
चेल्सी मंगलबार राति भएको दोस्रो लेगमा पोर्चुगिज क्लबसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
तर, समग्रमा चेल्सी २-१ को जितसँगै अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा निकालेको २-० को जितले चेल्सीलाई फाईदा पुगेको हो ।

रामोन सान्चेज मैदानमा पोर्टोलाई जित दिलाउन मेहदी तारेमीले निर्णायक गोल गरे ।
उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । तर, उनको गोलले पोर्टोलाई अघिल्लो चरणमा पुर्याउन भने सकेन ।
चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । यस्तै चेल्सी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
अब चेल्सीले सेमिफाइनलमा रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।
