पीएसजी सेमिफाइनलमा, बायर्न बाहिरियो
बुधबार, ०१ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपनि पीएसजी अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा पीएसजी बायर्नसँग १-० ले पराजित भएको थियो । तर, समग्रमा नतिजा ३-३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजी सेमिफाइनलमा पुगेको हो ।
पीएसजीले पहिलो लेगमा साविक विजेता बायर्नलाई ३-२ ले हराएको थियो ।
पीएसजीको मैदानमा बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम चौपो मोटीङले निर्णायक गोल गरे ।
उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । तर, उनको गोलले बायर्नलाई अन्तिम चारमा पुर्याउन पर्याप्त भएन ।
पीएसजी लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।
साविक विजेता बायर्न भने क्वाटरफाइनलबाटै बाहिरिनु परेको छ ।








-1770007908441.webp&w=3840&q=75)


-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
