एनबिए कप अनिश्चित कालका लागि स्थगित
सोमबार, चैत ३०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ ।
कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचना अनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराईएको छ ।
साथै खेलाडी सम्मानलाई पनि सोहि समयमा गरिने जानकारी गराएको छ ।
यस अघि चैत्र १५ गते देखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ सम्मका लागि सारिएको थियो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


