एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले पर्मालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको आठौं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

६० औं मिनेटमा ज्लाटन इब्राहिमोबीचले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटियो ।
खेलको ६६ औं मिनेटमा रोकार्डोले गोल गर्दै पर्मालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको राफेल लिओले गोल गर्दै मिलानलाई ३-१ को जित दिलाए ।
जितसँगै मिलानले ३० खेलमा ६३ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा रहेको छ ।
पर्मा २० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।