एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४-१ गोल अन्तरले हराएको हो ।
स्ट्रासबर्गको मैदानमा १६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
खेलको ४५ औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजी ३-० ले अघि रह्यो ।

६३ औं मिनेटमा डीओन साहीले गोल गर्दै घरेलु टिमलाई ३-१ को स्थितिमा ल्याए ।
तर, खेलको ७९ औं मिनेटमा लिन्ड्रो डानिलले गोल गर्दै पीएसजीलाई ४-१ को जित दिलाए ।
जितसँगै पीएसजीले ३२ खेलमा ६६ अंक जोडेको छ । पीएसजी लिगको दोस्रो स्थानमा रहेको छ ।
स्ट्रासबर्ग ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।